मनहरी, मंसिर १२ गते । मनहरी गाउँपालिका वडा नम्बर २ को कडा कार्यलयले सन्चालन गरेको ५ दिने निस्सा वितरण अभियान सम्पन्न भएको छ । अभियानको क्रममा २३४ थान निस्सा र २४९ थान भरपाई वितरण भएको छ ।

अध्यक्ष राजकुमार पाख्रीनको नेतृत्वमा वडाका विभिन्न ५ वटा टोल विकास संस्था अनुसार निस्सा वितरण अभियान तय गरिएको थियो । गत मंसिर ८ गतेदेखि तीनतले-झुल्यान टोल विकास संस्थाबाट उक्त अभियान सुरु गरिएको हो । सहकारी भवनबाट सेवा सन्चालन गरि यस टोल विकास अन्तर्गत ५६ थान निस्सा र ८६ थान भरपाइ वितरण भएको छ ।

त्यस्तै अभियानको दोश्रो दिन सत्सङ भवनबाट सेवा प्रवाह गर्दा म्हेन्दो टोल विकास संस्था अन्तर्गत ३१ थान निस्सा र ४० थान भरपाइ वितरण भएको छ । अभियानको तेश्रो दिन सामुदायिक वनको भवनबाट सेवा उपलब्ध गराउँदा उज्ज्वल टोल विकास संस्था अन्तर्गत ५६ थान निस्सा र ७४ थान भरपाइ वितरण भएको हो ।
त्यसैगरी अभियानको चौथो दिन वडा कार्यलयबाटै सन्चालन भएको सेवा मार्फत भुन्द्रुङ्टाँडी टोल विकास संस्था अन्तर्गत ५० थान निस्सा र ५७ थान भरपाइ वितरण गर्न सफल भएको छ । अभियानको अन्तिम दिन मंसिर १२ गते गुम्बा खोल्चिबाट सेवा प्रदान गरि च्यापल देविघाट टोल विकास संस्था अन्तर्गत ४१ थान निस्सा र ४९ थान भरपाइ वितरण गर्न सफल भएको छ ।

यसरी टोल विकास संस्था अनुसार छुट्टाछुट्टै समय र स्थानबाट सेवा सन्चालन गरि निस्सा वितरण गर्दा जम्मा २३४ थान निस्सा र २४९ थान भरपाइ वितरण भएको छ । वि.सं. २०७७ तिर यस मनहरी गाउँपालिका वडा नं. २ अन्तर्गत अव्यवस्थित बसोबास जग्गा दर्ता प्रयोजनका लागि ३७० घर परिवारले अनलाइन निवेदन दर्ता भइ आएकोमा निस्सा वितरण अभियानको क्रममा २३४ घर परिवारलाई निस्सा वितरण गरिएको छ ।

अब बाँकी १३६ थान निस्सा बुझिलिन सम्बन्धित घरपरिवारको घरमुली वडा कार्यलयमा उपस्थित भैदिनुहुन वडाध्यक्ष राजकुमार पाख्रीनले लाभग्राही घरपरिवारलाई अनुरोध गरेका छन् ।















