Day: २०८३ मंसिर १२, शनिबार २३:५४

मनहरी–२ मा पाँचदिने निस्सा वितरण अभियान सम्पन्न, २३४ परिवारले पाए निस्सा

मनहरी–२ मा पाँचदिने निस्सा वितरण अभियान सम्पन्न, २३४ परिवारले पाए निस्सा

मनहरी, मंसिर १२ गते । मनहरी गाउँपालिका वडा नम्बर २ को कडा कार्यलयले सन्चालन गरेको ५ दिने निस्सा वितरण अभियान सम्पन्न भएको छ । अभियानको क्रममा २३४ थान निस्सा र २४९ थान भरपाई वितरण भएको छ । अध्यक्ष राजकुमार पाख्रीनको नेतृत्वमा वडाका विभिन्न ५ वटा टोल विकास संस्था अनुसार निस्सा वितरण अभियान तय गरिएको थियो । गत मंसिर ८ गतेदेखि तीनतले-झुल्यान टोल विकास संस्थाबाट उक्त अभियान सुरु गरिएको हो । सहकारी भवनबाट सेवा सन्चालन गरि यस टोल विकास अन्तर्गत ५६ थान निस्सा र ८६ थान भरपाइ वितरण भएको छ । त्यस्तै अभियानको दोश्रो दिन सत्सङ भवनबाट सेवा प्रवाह गर्दा म्हेन्दो…
Read More
नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रश्मि शिल्पकारको उम्मेदवारी घोषणा, सुशासन र पारदर्शिता मुख्य एजेन्डा

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रश्मि शिल्पकारको उम्मेदवारी घोषणा, सुशासन र पारदर्शिता मुख्य एजेन्डा

भक्तपुर, मंसिर १२ गते । नेपाल जेसीजको सन् २०२७ का लागि राष्ट्रिय अध्यक्ष पदमा भक्तपुर लेडी जेसीजकी रश्मि शिल्पकारले उम्मेदवारी घोषणा गरेकी छन्। उनले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै संस्थागत सुशासन, पारदर्शिता र जेसीजभित्रका अनियमितता अन्त्यलाई प्रमुख प्राथमिकतामा राख्ने बताएकी हुन्। सन् २००९ देखि जेसीज अभियानमा सक्रिय शिल्पकारले १७ वर्षको संस्थागत अनुभव र विभिन्न तहमा नेतृत्वदायी जिम्मेवारी सम्हालेको आधारमा राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेकी हुन्। जेसीजलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही संस्थाका रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ। जेसीज यात्राका क्रममा सदस्यदेखि शाखा अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिसकेकी शिल्पकारले एरिया ‘सी’ ट्रेनिङ…
Read More
बस्तिपुर जेसिज मनहरीको सप्ताहव्यापी कार्यक्रम सुरु, पहिलो दिन तीन कार्यक्रम सम्पन्न

बस्तिपुर जेसिज मनहरीको सप्ताहव्यापी कार्यक्रम सुरु, पहिलो दिन तीन कार्यक्रम सम्पन्न

मनहरी, मंसिर १२ गते । बस्तिपुर जेसिज मनहरीले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन मंसिर ११ गते ३ वटा कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०२६ का अध्यक्ष जेसि सुरज बर्तौलाको नेतृत्वमा उक्त कार्यक्रम भएको हो । बस्तिपुर जेसिज मनहरीले प्रत्येक वर्ष झैँ यस वर्ष पनि विभिन्न सात वटा कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह मनाउँदै आइरहेको छ । कार्यक्रमको पहिलो दिन मंसिर ११ गते विभिन्न ३ वटा कार्यक्रम सम्पन्न गरेको छ । जस अन्तर्गत हेटौंडा-१९, बस्तिपुर चोकमा रक्तदान कार्यक्रम सन्चालन गरि उद्घाटन गरेको थियो । राममणी बर्तौलाको प्रमुख आतिथ्यता र जेसि सुदिप उप्रेतीको संयोजकत्वमा उक्त कार्यक्रम भएको हो । त्यसैगरी हाँडिखोला…
Read More
मकवानपुरमा मङ्सिर २० गते खुलामञ्चमा ख्रीष्टमस महोत्सव हुने, ६ देखि ७ लाख खर्च अनुमान

मकवानपुरमा मङ्सिर २० गते खुलामञ्चमा ख्रीष्टमस महोत्सव हुने, ६ देखि ७ लाख खर्च अनुमान

हेटौँडा, मंसिर १२ गते । राष्ट्रिय ख्रीष्टमस महासङ्घ नेपाल, शाखा कार्यालय मकवानपुरले आगामी मङ्सिर २० गते हेटौँडामा ख्रीष्टमस महोत्सव–२०८३ आयोजना गर्ने भएको छ। महोत्सवबारे जानकारी दिन महासङ्घले आज पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमको तयारी, उद्देश्य र गतिविधिबारे जानकारी गराएको हो। यसअघि सीमित हलभित्र शुभकामना आदानप्रदान तथा अन्य कार्यक्रम गर्दै आएको महासङ्घले यस वर्ष भने फरक शैलीमा खुला मञ्चमा महोत्सव आयोजना गर्न लागेको जनाएको छ। हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म महोत्सव सञ्चालन हुनेछ। पत्रकार सम्मेलनमा महासङ्घ मकवानपुरका अध्यक्ष नवराज घलानले कार्यक्रमबारे जानकारी दिँदै महोत्सवमा ख्रीष्टमससँग सम्बन्धित भजन–कीर्तन, सांगीतिक प्रस्तुति, नृत्य तथा शुभकामना आदानप्रदानका कार्यक्रम समावेश गरिने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.