सूर्य सी

27 Posts
वडाध्यक्ष कपमा मनहरी–२ को सहभागिता, उपाध्यक्ष मगर र सागर रुम्बाद्वारा खेलाडीलाई सहयोग

वडाध्यक्ष कपमा मनहरी–२ को सहभागिता, उपाध्यक्ष मगर र सागर रुम्बाद्वारा खेलाडीलाई सहयोग

मनहरी, असोज ५ गते। मनहरी गाउँपालिका वडा नम्बर ९ को आयोजनामा हुँदै गरेको दोश्रो वडाध्यक्ष कप-२०८३ मा मनहरी-२ का खेलाडी टिम सहभागी गराउन वडा खेलकुद विकास समितिलाई गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर र स्थानीय सागर रुम्बाले सहयोग उपलब्ध गराएका छन् । मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगरले शनिबार मनहरी-२ को वडा खेलकुद विकास समितिलाई जर्सी सेट सहित ग्लब्स हस्तान्तरण गरेका छन् । खेलाडीहरुलाई थप ऊर्जा मिलोस भन्ने उद्देश्यका साथ उनले उक्त जर्सी सेट हस्तान्तरण गरेको बताए । साथै हालसालै वैदेशिक रोजगारबाट स्वदेश फर्किएका मनहरी-२, भुन्द्रुङ्टाँडी निवासी सागर रुम्बाले खेलाडी टिमको व्यवस्थापनका लागि रु. ७,५००/- नगद सहयोग उपलब्ध गराएका छन् ।…
Read More
मनहरी–९ मा दोस्रो वडाध्यक्ष कप–२०८३ सुरु, १० टोलीको सहभागिता

मनहरी–९ मा दोस्रो वडाध्यक्ष कप–२०८३ सुरु, १० टोलीको सहभागिता

रजैया, असोज ४ गते । मनहरी गाउँपालिका वडा नम्बर ९ को मुख्य आयोजनामा आजदेखी दोश्रो वडाध्यक्ष कप-२०८३ सुरु भएको छ । असोज ३ गते मनहरी-९, रजैया खेल मैदानमा सुरु भएको खेल असोज १० गतेसम्म चल्ने भएको छ । मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती र उपाध्यक्ष सीता पुलामी मगरको उपस्थितिमा उद्घाटन भएको खेलमा पालिका भित्रका ९ वटा वडा र केदारेश्वर युवा क्लब सहित १० वटा समूहको सहभागीता रहेको छ । खेलको पहिलो दिन केदारेश्वर युवा क्लब र १ नम्बर वडाबिच प्रतिस्पर्धा भएको थियो । उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगरले स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल…
Read More
रसुवा बाढीपीडितका लागि मनहरी गाउँपालिकाको ऐतिहासिक निर्णय, १० लाख सहयोगदेखि बेपत्ताको डीएनए परीक्षणसम्म

रसुवा बाढीपीडितका लागि मनहरी गाउँपालिकाको ऐतिहासिक निर्णय, १० लाख सहयोगदेखि बेपत्ताको डीएनए परीक्षणसम्म

मनहरी, भदौ १४ गते । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा सो क्षेत्रमा पुगेर हालसम्म सम्पर्कविहीन भएका मनहरी गाउँपालिकाका बासिन्दाको खोजी तथा उद्धारका लागि मनहरी गाउँपालिकाले महत्वपूर्ण निर्णय गरेको छ। मनहरी गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले बाढीपछि सम्पर्कविहीन तथा बेपत्ता भएका गाउँपालिकाका नागरिकको खोजी कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो। आवश्यक परे सम्बन्धित प्रभावित क्षेत्रमा टोली पठाई प्रत्यक्ष रूपमा खोजी कार्य अघि बढाउने तथा बेपत्ता नागरिकको पहिचानका लागि डीएनए परीक्षण समेत गर्ने निर्णय बैठकले गरेको छ। बाढी प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले १० लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय…
Read More
मनहरी–२ मा जीविकोपार्जन र रोजगारीका अवसर–चुनौतीबारे छलफल, स्थानीय सरकारलाई नीति निर्माणमा सुझाव

मनहरी–२ मा जीविकोपार्जन र रोजगारीका अवसर–चुनौतीबारे छलफल, स्थानीय सरकारलाई नीति निर्माणमा सुझाव

मनहरी, साउन ५ गते । मकवानपुरको मनहरी गाउँपालिका–२ मा स्थानीय स्तरमा रहेका जीविकोपार्जन तथा रोजगारीका अवसर र त्यससँग जोडिएका चुनौतीबारे एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शान्तिका लागि साझा अभियान (कोक्याप) ले स्थानीय सरकारको नीति, योजना तथा कार्यक्रमअन्तर्गत आयोजना गरेको कार्यक्रममा वडाभित्र रहेका सम्भावित रोजगारीका क्षेत्र, तिनको सदुपयोग र विकासमा देखिएका अवरोधबारे स्थानीय नागरिक, जनप्रतिनिधि तथा सरोकारवालाबीच विस्तृत छलफल भएको हो। मंगलबार आयोजित कार्यक्रममा सहभागीहरूले परम्परागत कृषि तथा पशुपालनलाई आधुनिक र व्यावसायिक बनाउने हो भने स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सकिने धारणा राखेका छन्। तरकारी तथा फलफूल खेती, पशुपालन, माछापालन, कुखुरापालनलगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेको उनीहरूको निष्कर्ष छ। यस्तै, गलैँचा…
Read More
मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

मनहरी, असार २५ गते। मकवानपुरको मनहरी गाउँपालिकाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरेको विपद् व्यवस्थापनका लागि स्वयंसेवक समूह गठन तथा परिचालन सम्बन्धी तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। असार २२ गतेदेखि मनहरी गाउँपालिका–३ लामिटारस्थित गाउँपालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रम २४ गते समापन गरिएको हो। कार्यक्रममा गाउँपालिकाका नौवटै वडाबाट चार/चार जनाका दरले छनोट भएका करिब ३६ जना स्वयंसेवक सहभागी भएका थिए। अभिमुखीकरणमा समुदायमा प्राकृतिक विपद् वा अन्य आकस्मिक दुर्घटना हुँदा घाइते तथा प्रभावित व्यक्तिलाई सुरक्षित उद्धार गर्ने, प्राथमिक उपचार उपलब्ध गराउने र स्वास्थ्य संस्थासम्म सुरक्षित रूपमा पुर्‍याउने विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। प्रशिक्षणका क्रममा बेहोस…
Read More
मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

मनहरी, असार २५ गते। मकवानपुरको मनहरी गाउँपालिकामा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (RHEST) ले सञ्चालन गर्दै आएको बालिका शैक्षिक सहयोग (SGT) तथा In Honor of Amar (Amar) परियोजनाको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ। मनहरी गाउँपालिकाको सभाहलमा आयोजित बैठकमा आर्थिक वर्ष २०८२/८३ अवधिमा RHEST ले मनहरी गाउँपालिका सहित देशका विभिन्न जिल्लामा सञ्चालन गरेका कार्यक्रम, उपलब्धि र आगामी योजनाबारे विस्तृत समीक्षा गरिएको थियो। संस्थाका अनुसार RHEST ले स्थापना कालदेखि नै स्वास्थ्य समस्या, लैङ्गिक हिंसा तथा कमजोर आर्थिक अवस्थाका कारण शिक्षाबाट वञ्चित हुन सक्ने बालिकाहरूलाई शैक्षिक तथा स्वास्थ्य सहयोग उपलब्ध गराउँदै उनीहरूलाई विद्यालय शिक्षामा निरन्तरता दिन प्रेरित गर्दै आएको छ। वि.सं.…
Read More
बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

बस्तिपुर,जेठ १३ गते। बस्तिपुर जेसिज मनहरीले नेपाल जेसिजका निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान गरेको छ । शाखा भ्रमणका क्रममा मनहरी आइपुगेका भण्डारीलाई भेटघाट तथा स्वागत कार्यक्रम मार्फत सम्मान गरिएको हो । हेटौंडा–४ स्थित बाइपास रोडको कफी बारमा आयोजित कार्यक्रममा शाखाका पदाधिकारी तथा सदस्यहरूले शाखासँग सम्बन्धित समस्या, चुनौती तथा जिज्ञासाहरू राखेका थिए । सहभागीहरूले संगठन सुदृढीकरण, सदस्यता विस्तार, नेतृत्व विकास तथा आगामी कार्यक्रम सञ्चालनका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीले शाखाबाट उठाइएका समस्या तथा जिज्ञासाको जवाफ दिँदै समाधानका सम्भावित उपायहरूबारे सुझाव दिएका थिए । उनले शाखा र नेपाल जेसिजबीच…
Read More
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरण र जनपक्षीय मुद्दामा केन्द्रित

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरण र जनपक्षीय मुद्दामा केन्द्रित

हेटौंडा,बैशाख २६ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक हेटौंडा–११ सिमलटारमा सम्पन्न भएको छ । बैठकले संगठन सुदृढीकरणदेखि समसामयिक राजनीतिक विषयसम्म विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको जनाएको छ । बैठकलाई सम्बोधन तथा प्रशिक्षण दिँदै नारायणी–मधेस प्रदेश इन्चार्ज अनिल सीले हाल बालेन शाह नेतृत्वको सरकारले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने नाममा चालेका कदमप्रति ध्यानाकर्षण गराएका छन् । उनले वैकल्पिक व्यवस्थापन नगरी बस्ती हटाउने कार्य जनविरोधी हुने बताएका छन् । उनले अव्यवस्थित बस्तीका नागरिकलाई उचित व्यवस्थापन र पुनःस्थापनाको सुनिश्चितता गरिनुपर्नेमा जोड दिँदै राज्यले जनताको आधारभूत अधिकारमाथि हस्तक्षेप गर्न नहुने धारणा राखे । त्यस्तै उनले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै…
Read More
बस्तीपुर जेसीज मनहरीको १६ औँ स्थापना दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन

बस्तीपुर जेसीज मनहरीको १६ औँ स्थापना दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन

बस्तिपुर, फागुन २८ गते । बस्तीपुर जेसीज मनहरीले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा अन्तरक्रिया तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरी मनाएको छ। सन् २०११ मा हेटौंडा जेसीजको मातृत्वमा स्थापना भएको बस्तीपुर जेसीज मनहरीले यस वर्ष १६ औँ वसन्त पार गरेको हो। स्वर्गीय गणेश प्रसाद भेटवालको अध्यक्षतामा स्थापना भएको यस शाखालाई हाल वर्ष २०२६ का अध्यक्ष जेसी सुरज बर्तौलाले नेतृत्व गर्दै अगाडि बढाइरहेका छन्। स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा निर्मल बहुमुखी क्याम्पसका प्रमुख तथा बस्तीपुर जेसीज मनहरी वर्ष २०२६ का बोर्ड सल्लाहकार सुभाष चन्द्र कँडेलको प्रमुख आतिथ्यता रहेको थियो। जेसी सुशील सापकोटाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा शाखा अध्यक्ष जेसी सुरज बर्तौलाको…
Read More
मनहरी–२ मा नसर्ने रोगको समुदायस्तरिय स्क्रिनिङ्ग, ८५ जनाको स्वास्थ्य परीक्षण

मनहरी–२ मा नसर्ने रोगको समुदायस्तरिय स्क्रिनिङ्ग, ८५ जनाको स्वास्थ्य परीक्षण

मनहरी, फागुन २७ गते । मकवानपुरको मनहरी गाउँपालिका–२ बुद्धचोकमा नसर्ने रोग पहिचानका लागि समुदाय स्तरमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ। मनहरी गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित स्वास्थ्य परीक्षण अभियान अन्तर्गत बुधबार उक्त क्षेत्रमा स्क्रिनिङ्ग कार्यक्रम गरिएको हो। स्क्रिनिङ्ग सेवा मनहरी–२ तिन्तलेस्थित सहिद हिरा स्मृति आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेव पर्मिला दङ्गालको नेतृत्वमा सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रममा ३० वर्षभन्दा माथिका नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षण अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी समस्या, तौल तथा उचाइको अनुपात जाँच लगायतका परीक्षण गरिएको थियो। बुधबार सम्पन्न अभियानमा झुल्यान, तिन्तले, घट्टेपाखा, दोभान, गोगनघारी, मेलटोल, भुन्द्रुङ्खोला र टाँडी क्षेत्रका करिब ८५…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.