२०८२ भाद्र ३१, मंगलवार २०:२६
२०८२ भाद्र ३१, मंगलवार २०:२६
मनहरी, भदौ ३१ गते । मनहरी-२ स्थित ठाडोखोला दोभानमा आजदेखि बाटो सरसफाइ अभियान सुरु भएको छ । स्थानीय युवाहरूको सक्रियतामा उक्त अभियान सुरु भएको हो । स्थानीय युवा सुर्य बहादुर गोलेको पहलमा म्हेन्दो टोल विकास संस्था अन्तर्गत पर्ने बुद्धचोकदेखि दोभान हुँदै गोगनघारी पुग्ने बाटोमा सरसफाइ गरेको हो । अभियानमा टोल विकास संस्थाका अध्यक्ष बलिराज गोङ्बा सहित सबै टोलबासीको उपस्थिति रहेको छ । सरसफाइ गर्ने क्रममा खोलानिर पर्ने स्ल्याबरोडमा रहेको चिप्लो लेउ हटाउने तथा बाटो छेउको झारपात फाँड्ने काम भएको छ । वर्षयामको कारण सडक छेउछाउमा भएको झाडी तथा झारपात फाँडी बाटो सफा गरेका हुन् । नेपालीहरुको महान चाडपर्व दशै तिहार…