विदेशी भूमिमा ज्यान गुमाएका विपिन जोशीप्रति दीप प्रज्वलन श्रद्धाञ्जली: सरकारलाई श्रम शोषण रोक्न गम्भीर हुन आग्रह

मकवानपुर, अशोज ३० गते । अखिल (समाजवादी) मकवानपुर र नेकपा मनहरीले इजरायल र प्यालेस्टाइन बिचको युद्धमा ज्यान गुमाएका विपिन जोशी प्रती श्रद्धाञ्जली अर्पण गरेको छ । मनहरी-२, बुद्धचोकमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरेको हो ।

कार्यक्रममा सन २०२३ मा अध्ययनको सिलसिलामा इजरायल गएका कंचनपुरका विपिन जोशी तत्कालीन समयमा इजरायल र हमास बिच गाजामा भएको युद्धमा परि हमासको कब्जामा परेका थिए । युद्ध बिराम पश्चात् हमासले बन्दी बनाएर राखेका इजरायली सैनिक तथा इजरायली जनता फिर्ता गर्ने क्रममा कंचनपुरका विपिन जोशी पनि परेका हुन् ।

बिहिवार साँझ भएको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अखिल (समाजवादी) मकवानपुरका इन्चार्ज तथा नेकपा मनहरी गापाका सेक्रेटरी सुर्य सीले ठूलो सपना र उद्देश्य बोकेर अध्ययनको सिलसिलामा इजरायल गएका विपिनले विदेशी भूमिमा सपना सँगै आफ्नो ज्यान गुमाउनु अत्यन्तै पिडादायिक र दुखद भएको बताए । आफ्नो देशमा शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी नभएकोले विदेशिन बाध्य भएका विपिन जस्ता हजारौं नेपाली नागरिकले दिनप्रतिदिन श्रम शोषण, यौन शोषण, दमन, हिंसा लगायत कुनै न कुनै माध्यमबाट पिडित हुनुपरेकोले यो विषयमा सरकारले गम्भीर रुपमा सोच्नुपर्ने बताए ।

साथै शिक्षित, उर्जावान युवाशक्तिलाई स्वदेशमा नै राखी आफ्नो गाउँठाउँ र देश विकासमा लगाउनुपर्ने उनको भनाइ छ । कुनै न कुनै उद्देश्यका साथ विदेशिएका नेपाली नागरिकको नेपाल सरकारले पूर्ण रुपमा सुरक्षाको जिम्मा लिनुपर्ने र विदेशी भूमिमा कुनै पनि प्रकारको शोषण, दमन नहुने गरि सम्झौता गर्नुपर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

विदेशी भूमिमा ज्यान गुमाएका विपिन जोशीप्रति दीप प्रज्वलन श्रद्धाञ्जली: सरकारलाई श्रम शोषण रोक्न गम्भीर हुन आग्रह

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

विदेशी भूमिमा ज्यान गुमाएका विपिन जोशीप्रति दीप प्रज्वलन श्रद्धाञ्जली: सरकारलाई श्रम शोषण रोक्न गम्भीर हुन आग्रह

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

विदेशी भूमिमा ज्यान गुमाएका विपिन जोशीप्रति दीप प्रज्वलन श्रद्धाञ्जली: सरकारलाई श्रम शोषण रोक्न गम्भीर हुन आग्रह

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

विदेशी भूमिमा ज्यान गुमाएका विपिन जोशीप्रति दीप प्रज्वलन श्रद्धाञ्जली: सरकारलाई श्रम शोषण रोक्न गम्भीर हुन आग्रह

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

विदेशी भूमिमा ज्यान गुमाएका विपिन जोशीप्रति दीप प्रज्वलन श्रद्धाञ्जली: सरकारलाई श्रम शोषण रोक्न गम्भीर हुन आग्रह

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

विदेशी भूमिमा ज्यान गुमाएका विपिन जोशीप्रति दीप प्रज्वलन श्रद्धाञ्जली: सरकारलाई श्रम शोषण रोक्न गम्भीर हुन आग्रह

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.