२०८३ आश्विन १४, बुधबार २३:१६
२०८३ आश्विन १४, बुधबार २३:१६
हेटौंडा, असोज १४ गते । नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुर शाखाले विश्व मुटु दिवसको अवसरमा हेटौँडामा निःशुल्क मुटु परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। ‘मुटुलाई धड्कन देऊ’ भन्ने मूल नाराका साथ सेप्टेम्बर २९ अर्थात् विश्व मुटु दिवसको अवसरमा प्रतिष्ठान मकवानपुर शाखाले निःशुल्क मुटु परीक्षण कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा महिला तथा पुरुष गरी कुल २०५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। परीक्षणमा सहभागीमध्ये ७० जनाको इकोकार्डियोग्राफी (इको) र १५० जनाको ईसीजी परीक्षण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूको मुटुसम्बन्धी स्वास्थ्य अवस्था परीक्षण गर्नुका साथै मुटुरोगबाट बच्न अपनाउनुपर्ने सावधानी तथा स्वस्थ जीवनशैलीका विषयमा समेत जानकारी दिइएको थियो। निःशुल्क मुटु परीक्षण कार्यक्रममा सम्बन्धित वडाका…