हेटौंडा–७ लाई प्लास्टिकमुक्त वडा बनाउने अभियान सुरु

हेटौंडा, असार १८ गते । हेटौंडा उपमहानगरपालिका–७ नम्बर वडालाई ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामुक्त वडा घोषणा गर्ने अभियान औपचारिक रूपमा सुरु गरिएको छ। बागमती प्रदेश सरकारको ‘एक पालिका, एक वडा प्लास्टिकमुक्त घोषणा’ गर्ने नीति अन्तर्गत पहिलो चरणमा हेटौंडा–७ लाई छनोट गरिएको हो।

उपमहानगरपालिकाले यस अभियानलाई क्रमशः अन्य वडामा समेत विस्तार गर्दै सम्पूर्ण हेटौंडालाई प्लास्टिकमुक्त नगरका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। वातावरण संरक्षण र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तहले प्लास्टिक प्रयोग न्यूनीकरणलाई प्राथमिकतामा राखेको बताइएको छ।

कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले वातावरण जोगाउन प्लास्टिकजन्य सामग्रीको प्रयोग घटाउन आवश्यक रहेको उल्लेख गर्दै नागरिकलाई कपडाका झोला तथा अन्य वैकल्पिक सामग्री प्रयोग गर्न आग्रह गरिन्।

कार्यक्रम बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले प्लास्टिकजन्य फोहोर न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासका लागि स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा–७ लाई प्लास्टिकमुक्त वडा बनाउने अभियान सुरु

६ घण्टामा लमजुङमा सर्वाधिक वर्षा, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा वर्षा जारी

हेटौंडा–७ लाई प्लास्टिकमुक्त वडा बनाउने अभियान सुरु

हेटौंडा–४ मा मधुमेह रोगीका लागि निःशुल्क आँखा शिविर, ४३ जनाको आँखा परीक्षण

हेटौंडा–७ लाई प्लास्टिकमुक्त वडा बनाउने अभियान सुरु

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

हेटौंडा–७ लाई प्लास्टिकमुक्त वडा बनाउने अभियान सुरु

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

हेटौंडा–७ लाई प्लास्टिकमुक्त वडा बनाउने अभियान सुरु

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

हेटौंडा–७ लाई प्लास्टिकमुक्त वडा बनाउने अभियान सुरु

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.