२०८३ जेष्ठ १८, सोमबार १३:४४
२०८३ जेष्ठ १८, सोमबार १३:४४
अहमदाबाद,जेठ १८ गते। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को रोमाञ्चक फाइनल खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको छ। गुजरातले दिएको १५६ रनको लक्ष्य बेङ्गलुरुले १८ ओभरमै ५ विकेट गुमाएर पूरा गरेको हो। बेङ्गलुरुको जितमा टोलीका पूर्व कप्तान विराट कोहली नायक बने। उनले ४२ बलमा ९ चौका र ३ छक्काको सहयोगमा अविजित ७५ रनको उत्कृष्ट पारी खेले। उनको शानदार प्रदर्शनकै आधारमा उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए। बेङ्गलुरुका अर्का सुरुआती ब्याट्सम्यान वेंकटेश ऐयरले १६ बलमा ४ चौका र २ छक्काको मद्दतले ३२ रन बनाए। त्यस्तै टिम डेभिडले १७ बलमा…