मध्यपूर्व युद्धको असर नेपालसम्म: रेमिट्यान्स, आपूर्ति र राजनीतिक स्थिरतामा गम्भीर चुनौती

काठमाडौँ, फागुन १६ गते । मध्यपूर्व क्षेत्रमा तीव्र बन्दै गएको युद्धले विश्व राजनीतिलाई मात्र होइन, नेपालजस्ता साना र परनिर्भर मुलुकहरूको भविष्यलाई पनि गम्भीर चुनौती दिएको छ। संयुक्त राज्य अमेरिका र इजरायल द्वारा ईरान माथि गरिएको सैन्य आक्रमण तथा त्यसको प्रत्युत्तरमा भएको प्रतिहमलासँगै औपचारिक रूपमा युद्ध सुरु भएको राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले बताएका छन्।

उनका अनुसार, यो युद्धले विश्व अर्थतन्त्रमा अनपेक्षित र दीर्घकालीन प्रभाव पार्ने निश्चित छ, जसको प्रत्यक्ष असर नेपाल जस्ता रेमिट्यान्समा आधारित अर्थतन्त्र भएका मुलुकहरूमा पर्नेछ। विशेषतः मध्यपूर्वका विभिन्न देशहरूमा कार्यरत लाखौँ नेपाली श्रमिकहरूको रोजगारी, आय र सुरक्षामाथि प्रश्न उठ्ने देखिएको छ।

मोक्तानले औँल्याएअनुसार युद्धका कारण नेपाली अर्थतन्त्रमा रेमिट्यान्स घट्ने जोखिम बढ्नेछ, जसले घरेलु उपभोग, बजार चलायमानता र गरिबी निवारणका प्रयासमा नकारात्मक असर पार्नेछ। त्यस्तै, इन्धन, खाद्यान्न तथा अत्यावश्यक वस्तुहरूको मूल्य वृद्धि भई आयातमा चाप बढ्ने सम्भावना छ, जसले आपूर्ति श्रृंखलामा संकट ल्याउन सक्छ।

आर्थिक असरको परिणामस्वरूप सामाजिक अस्थिरता, बेरोजगारी र गरिबी वृद्धि हुने तथा त्यसले राजनीतिक विभाजन र नीति कार्यान्वयनमा समेत चुनौती सिर्जना गर्ने उनको विश्लेषण छ।

मध्यपूर्वमा जारी युद्धले नेपालजस्ता साना, परनिर्भर मुलुकहरूको सामाजिक, आर्थिक र राजनीतिक संरचनालाई प्रत्यक्ष असर गर्ने भएकाले समयमै रणनीतिक योजना, आर्थिक सुरक्षा उपाय र राष्ट्रिय सहकार्य अपरिहार्य भएको मोक्तानको निष्कर्ष छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मध्यपूर्व युद्धको असर नेपालसम्म: रेमिट्यान्स, आपूर्ति र राजनीतिक स्थिरतामा गम्भीर चुनौती

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मध्यपूर्व युद्धको असर नेपालसम्म: रेमिट्यान्स, आपूर्ति र राजनीतिक स्थिरतामा गम्भीर चुनौती

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मध्यपूर्व युद्धको असर नेपालसम्म: रेमिट्यान्स, आपूर्ति र राजनीतिक स्थिरतामा गम्भीर चुनौती

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मध्यपूर्व युद्धको असर नेपालसम्म: रेमिट्यान्स, आपूर्ति र राजनीतिक स्थिरतामा गम्भीर चुनौती

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मध्यपूर्व युद्धको असर नेपालसम्म: रेमिट्यान्स, आपूर्ति र राजनीतिक स्थिरतामा गम्भीर चुनौती

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मध्यपूर्व युद्धको असर नेपालसम्म: रेमिट्यान्स, आपूर्ति र राजनीतिक स्थिरतामा गम्भीर चुनौती

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.