सशान्त तामाङ

408 Posts
केक होइन, ज्येष्ठ नागरिकको सम्मानसँग जोडियो पत्रकार सूर्य गोलेको जन्मदिन

केक होइन, ज्येष्ठ नागरिकको सम्मानसँग जोडियो पत्रकार सूर्य गोलेको जन्मदिन

मनहरी, भदौ २० गते । पछिल्लो समय जन्मदिन मनाउने क्रममा केक काट्ने, पार्टी आयोजना गर्ने र विभिन्न किसिमका खर्च गर्ने चलन बढिरहेका बेला मकवानपुरका क्रियाशील पत्रकार सूर्य गोलेले भने आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोडेर फरक शैलीमा मनाएका छन्। राप्ती खबर अनलाइन डटकममा क्रियाशील पत्रकार गोलेले आफ्नो जन्मदिनको अवसरमा मनहरी गाउँपालिका–२ सर्सिधाप निवासी १९८४ सालमा जन्मिएका मानबहादुर रुम्बालाई सम्मान गरेका हुन्। रुम्बालाई दोसल्ला ओढाएर सम्मान गर्दै फलफूल, आवश्यक थर्मस तथा लड्डु प्रदान गर्नुका साथै नगद ४ हजार रुपैयाँ समेत सहयोग गरिएको थियो। २०५४ साल भदौ २० गते जन्मिएका गोलीले हरेक वर्ष जन्मदिन मनाउँदा हुने खर्चलाई यसपटक सामाजिक कार्यमा लगाउने निर्णय गरेको…
Read More
‘सत्य मतले होइन, कर्मले छुट्याउँछ’ भन्दै हेटौंडा–४ का वडाध्यक्ष सिग्देलको कडा प्रतिक्रिया

‘सत्य मतले होइन, कर्मले छुट्याउँछ’ भन्दै हेटौंडा–४ का वडाध्यक्ष सिग्देलको कडा प्रतिक्रिया

हेटौंडा, भदौ १८ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले सामाजिक सञ्जाल मार्फत आफूहरू कर्तव्यबाट विचलित नभएको भन्दै पछिल्लो गतिविधि र आलोचनाप्रति कडा प्रतिक्रिया जनाएका छन्। वडाध्यक्ष सिग्देलले फेसबुकमा स्टाटस लेख्दै नगर, वडा कार्यालय, स्वास्थ्य केन्द्र तथा घरहरूमा आगजनी गर्ने र त्यसपछि सामाजिक सञ्जाल मार्फत परिवार तथा आफन्तले समेत हेर्न नसक्ने गरी गालीगलौज गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफूहरू भने आगजनीपछि बाँकी रहेको खरानीमाथि टेकेर, फुटेका सिसा तथा जलेका सामग्री व्यवस्थापन गर्दै पुनः काममा जुटिरहेको उल्लेख गरेका छन्। विपरीत परिस्थितिका बाबजुद पनि आफूहरू आफ्नो कर्तव्यबाट विचलित नभएको उनको भनाइ छ। सिग्देलले अपराध र राजनीति सँगसँगै अघि बढ्न…
Read More
वर्षौंदेखिको डुबान समस्या समाधान, हेटौंडा–४ को स्कुलरोड फराकिलो र व्यवस्थित

वर्षौंदेखिको डुबान समस्या समाधान, हेटौंडा–४ को स्कुलरोड फराकिलो र व्यवस्थित

हेटौंडा, भदौ १७ गते । हेटौंडा उपमहानगरपालिका–४ अन्तर्गतको स्कुलरोड क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको डुबान तथा ढल निकासको समस्या समाधान भएको छ। ढल निर्माण तथा सडक स्तरीकरणको काम सम्पन्न भएपछि सडकको आवतजावत सहज बनेको हो। हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको जानकारीअनुसार आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, भुटनदेवी माध्यमिक विद्यालय, हेटौंडा क्याम्पस तथा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरू लगायत हजारौँ नागरिक दैनिक आवतजावत गर्ने उक्त सडकमा विगतमा वर्षायाममा डुबानका कारण आवतजावतमा निकै कठिनाइ हुने गरेको थियो। वर्षौँदेखि ढल निकासको उचित व्यवस्था नहुँदा सामान्य वर्षामै सडकमा पानी जम्ने र आवतजावत प्रभावित हुने समस्या रहेको वडाध्यक्ष सिग्देलले उल्लेख गरेका…
Read More
भौतिक पूर्वाधारमन्त्री केसीसँग वडाध्यक्ष सिग्देलको भेट, हेटौँडाको पूर्वाधार विकासबारे छलफल

भौतिक पूर्वाधारमन्त्री केसीसँग वडाध्यक्ष सिग्देलको भेट, हेटौँडाको पूर्वाधार विकासबारे छलफल

हेटौँडा भदौ १६ गते । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसीसँग भेटघाट गरेका छन्। आज भएको भेटघाटका क्रममा हेटौँडा नगर क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको वडाध्यक्ष सिग्देलले बताएका छन्। भेटमा नगरको विकास, पूर्वाधार निर्माण तथा आगामी दिनमा आवश्यक समन्वय र सहकार्यका विषयमा कुराकानी भएको जनाइएको छ। सोही अवसरमा वडाध्यक्ष सिग्देलले नवनियुक्त मन्त्री केसीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। मन्त्री केसीको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरिएको सिग्देलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। वडाध्यक्ष सिग्देलले स्थानीय तह र प्रदेश…
Read More
मकवानपुरको मनहरीमा घाँस काट्ने क्रममा करेन्ट लागेर ५० वर्षीय हिरा गोतामेको मृत्यु

मकवानपुरको मनहरीमा घाँस काट्ने क्रममा करेन्ट लागेर ५० वर्षीय हिरा गोतामेको मृत्यु

मनहरी, भदौ १३ गते । मकवानपुरको मनहरी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आज बिहान करिब ९:३० बजे मनहरी गाउँपालिका–३, लामिटार निवासी अन्दाजी ५० वर्षीय हिरा गोतामे घर नजिकै रहेको करेसाबारीमा घाँस काट्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। प्रहरीका अनुसार घाँस काट्ने क्रममा पानी तान्ने मोटरमा विद्युत् प्रवाह भइरहेको तार अचानक काटिन गई गोतामेलाई करेन्ट लागेको थियो। करेन्ट लागेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि सीएमसी हेटौंडा अस्पताल ल्याइएको थियो। तर, अस्पतालमा उपचारका क्रममा बिहान १०:१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि इलाका प्रहरी…
Read More
हेटौंडा–४ मा सडक, पेटी र ढल निर्माणका लागि १ करोड ३५ लाखको योजना अघि बढ्यो

हेटौंडा–४ मा सडक, पेटी र ढल निर्माणका लागि १ करोड ३५ लाखको योजना अघि बढ्यो

हेटौँडा, भदौ ११ गते । हेटौंडा उपमहानगरपालिका–४ मा सडक, सडकपेटी तथा ढल निर्माणका लागि बागमती प्रदेश सरकारको पूर्वाधार कार्यालयमार्फत करिब १ करोड ३५ लाख रुपैयाँ बराबरको पूर्वाधार निर्माण योजना अघि बढाइएको छ। हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलका अनुसार आर्थिक वर्ष २०८३/०८४ का लागि मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १ करोड १७ लाख रुपैयाँ बराबरको लागतमा बोलपत्र आह्वान गरिएको हो। म्याटसहित कुल लागत करिब १ करोड ३५ लाख रुपैयाँ बराबर हुने जनाइएको छ। योजनाअन्तर्गत वडाका विभिन्न क्षेत्रका सडक तथा ढल संरचनालाई प्राथमिकतामा राखिएको छ। लक्ष्मी टोलअन्तर्गतका भित्री सडकहरूमा ढल निर्माण गरिनेछ भने गर्दाेही क्षेत्रका भित्री सडकहरूको स्तरीकरण गरिनेछ। त्यसैगरी बुद्धपथबाट गुम्बा…
Read More
युवा आवाज दबाउने होइन, प्रोत्साहन गर्नुपर्छ : विशालराज महत

युवा आवाज दबाउने होइन, प्रोत्साहन गर्नुपर्छ : विशालराज महत

हेटौँडा, भदौ ९ गते । ‘सेवा सहयोग र आवाजमा हामी’का अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले सामाजिक समस्या, अनियमितता र बेथितिविरुद्ध आवाज उठाउने युवालाई निरुत्साहित गर्न नहुने बताएका छन्। महतले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत युवा समाजको मेरुदण्ड रहेको उल्लेख गर्दै नागरिकका समस्या समाधान र सहजीकरणका लागि निरन्तर लागिपर्ने युवाहरू समाजका सम्पत्ति भएको बताएका हुन्। केही दिनअघि हेटौँडा–१९ मा विद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाउँदा बालिकाहरूको ज्यान गएको दुःखद घटनाप्रति उनले गहिरो दुःख व्यक्त गरेका छन्। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पुल निर्माण तथा सुरक्षित आवतजावतको व्यवस्था गर्न माग गर्दै आवाज उठाइरहेका युवाहरूलाई निरुत्साहित गर्ने वा दुःख दिने कार्य…
Read More
श्रम संस्कृति पार्टी मकवानपुरले नौ पालिकामा इन्चार्ज तोक्यो

श्रम संस्कृति पार्टी मकवानपुरले नौ पालिकामा इन्चार्ज तोक्यो

मकवानपुर, भदौ ९ गते । श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला कार्यसमितिले जिल्लाअन्तर्गतका पालिका तथा हेटौंडा उपमहानगरपालिकामा संगठन विस्तारका लागि संगठन इन्चार्जको जिम्मेवारी तोकेको छ। जिल्ला इन्चार्ज सुन्दर लामाका अनुसार बागमती गाउँपालिका बाहेक अरु आठ स्थानीय तहमा इन्चार्जको जिम्मेवारी बाँडफाँट गरिएको हो। जिम्मेवारी पाउनेहरूमा थाहा नगरपालिका समिति अध्यक्ष विष्णु थिङ, राक्सिराङ गाउँपालिका समिति अध्यक्ष सीताराम प्रजा, बकैया गाउँपालिका समिति अध्यक्ष दीपक घिमिरे, कैलाश गाउँपालिका समिति अध्यक्ष डबल तितुङ, भीमफेदी गाउँपालिका समिति अध्यक्ष मदनसिंह सिन्तान, मनहरी गाउँपालिका समिति अध्यक्ष पदम बहादुर थिङ, मकवानपुरगढी गाउँपालिका समिति अध्यक्ष लक्ष्मण थिङ, इन्द्रसरोवर गाउँपालिका समिति अध्यक्ष विगिन्द्र थोकर र हेटौंडा उपमहानगरपालिका समिति अध्यक्ष दीपक सिंह घलान…
Read More
प्रज्ञा प्रतिष्ठान गठनबारे एमाले जनप्रतिनिधिको स्पष्टोक्ति : ‘हामीलाई कुनै जानकारी छैन’

प्रज्ञा प्रतिष्ठान गठनबारे एमाले जनप्रतिनिधिको स्पष्टोक्ति : ‘हामीलाई कुनै जानकारी छैन’

हेटौंडा, भदौ ७ गते । हेटौंडा उपमहानगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठन नभएको विषयमा विभिन्न माध्यमबाट प्रश्न उठिरहेका बेला हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको तर्फबाट स्पष्ट पार्दै प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी नियुक्तिको विषय उपमहानगरपालिकाको कार्यपालिका बैठकको कार्यसूचीमा आफूहरूले कहिल्यै नदेखेको बताएका छन्। उनका अनुसार प्रज्ञा प्रतिष्ठानसम्बन्धी कार्यविधि पारित भए पनि वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूलाई प्रतिष्ठान गठन गर्ने वा नगर्ने विषयमा कुनै जानकारी दिइएको छैन। यस विषयमा पार्टी तथा आफूहरूलाई समेत कुनै जानकारी नरहेको सिग्देलको दाबी छ। ‘प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी नियुक्तिको विषय कार्यपालिकाको बैठकको कार्यसूचीमा कहिल्यै पनि…
Read More
‘सुरक्षित हेटौँडा’ आजको प्रमुख सरोकार : वडाध्यक्ष सिग्देल

‘सुरक्षित हेटौँडा’ आजको प्रमुख सरोकार : वडाध्यक्ष सिग्देल

हेटौँडा, भदौ ७ गते । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले पछिल्ला समय हेटौँडा क्षेत्रमा बढ्दै गएका हत्या, हिंसा, लागूऔषध प्रयोग, सवारी दुर्घटना तथा टोल–टोलमा हुने गुण्डागर्दीप्रति चिन्ता व्यक्त गरेका छन्। वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै मानवीय हत्या, हिंसा, लागूऔषधको प्रयोग, सवारी तथा अन्य दुर्घटना र गुण्डागर्दीका कारण समाजमा असुरक्षा बढ्दै गएको बताएका हुन्। उनले पछिल्ला घटनाहरूले हेटौँडा सहरमा सुरक्षा चुनौती बढ्दै गएको तथ्य देखाएको उल्लेख गरेका छन्। उनले लागूऔषधको प्रयोगले व्यक्ति मात्र नभई परिवार र समग्र समाजमा पार्ने नकारात्मक प्रभाव भयावह बन्दै गएको बताएका छन्। मानिस नै मानिसबाट प्रताडित हुने अवस्था अन्त्य गर्न सबै पक्ष गम्भीर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.