सशान्त तामाङ

408 Posts
बकैयाको तीनतलेमा ‘बौद्ध बेम्बो कटेज एण्ड होटल’ सञ्चालनमा

बकैयाको तीनतलेमा ‘बौद्ध बेम्बो कटेज एण्ड होटल’ सञ्चालनमा

बकैया,तीनतले, भदौ ५ गते । मकवानपुरको बकैया गाउँपालिका–५ स्थित तीनतलेमा ‘बौद्ध बेम्बो कटेज एण्ड होटल’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले रिबन काटेर होटलको शुभारम्भ गरेका हुन्। होटल उद्घाटन गर्दै उपाध्यक्ष खत्रीले सञ्चालक मिलन चौलागाईं र पासाङ तामाङलाई व्यवसायिक यात्राको सफलताको शुभकामना व्यक्त गरे। उनले स्थानीय युवालाई स्वदेशमै उद्यम र स्वरोजगारतर्फ आकर्षित गर्न यस्ता व्यवसायले महत्वपूर्ण भूमिका खेल्ने बताए। स्थानीय उत्पादन, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने गरी होटल सञ्चालनमा ल्याइएको भन्दै उपाध्यक्ष खत्रीले स्थानीय सरकार आवश्यक साथ र सहयोगका लागि सदैव तयार रहेको प्रतिबद्धता जनाए। स्थानीय मूल्य, मान्यता र संस्कृतिलाई सम्मान गर्दै व्यवसाय सञ्चालन…
Read More
हराएको मूर्तिको टाउको र अतिक्रमणमा परेको गढी दरबार : मकवानपुरको इतिहास माथि कसको नजर?

हराएको मूर्तिको टाउको र अतिक्रमणमा परेको गढी दरबार : मकवानपुरको इतिहास माथि कसको नजर?

हेटौँडा, भदौ २ गते । मकवानपुरको ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको मकवानपुरगढीको सम्पदा संरक्षणप्रति गम्भीर प्रश्न उठाउँदै ‘सेवा सहयोग र आवाजमा हामी’का अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। महतले मकवानपुरगढीको वंशगोपाल मन्दिरमा रहेको बहुमूल्य धातुको मूर्तिको शिरभाग हराएको विषयसँगै ऐतिहासिक गढी दरबारसँग जोडिएको जग्गा अतिक्रमणको प्रश्नसमेत उठाएका छन्। उनले हराएको मूर्तिको खोजी तथा अनुसन्धानको अवस्था सार्वजनिक गर्न र गढी दरबार तथा सम्पदा क्षेत्रको जग्गाको वास्तविक सीमाना यकिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। ऐतिहासिक मकवानपुरगढीको वंशगोपाल मन्दिरमा रहेको कृष्णको मूर्ति सेनकालीन इतिहाससँग जोडिएको मानिन्छ। ऐतिहासिक विवरणअनुसार उक्त मूर्ति अष्टधातुबाट बनेको र…
Read More
थोरैको कमाइमा धेरैको परिवार जस्तै समाज : वडाध्यक्ष सिग्देल

थोरैको कमाइमा धेरैको परिवार जस्तै समाज : वडाध्यक्ष सिग्देल

हेटौंडा, भदौ २ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले समाजमा केही व्यक्तिले मात्र काम गर्ने र धेरैले त्यसको विरोध गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्। वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै ‘थोरैको कमाइमा धेरैले खाने परिवार’ र ‘थोरैले काम गर्ने, धेरैले विरोध मात्र गर्ने समाज’ उस्तै–उस्तै रहेको टिप्पणी गरेका छन्। उनले आफूहरूबीच कसैलाई हराउने वा कसैलाई उछिन्ने प्रतिस्पर्धा नरहेको स्पष्ट पार्दै उत्कृष्ट कार्य गर्ने उद्देश्यमा केन्द्रित हुनुपर्ने बताएका छन्। “हामीले कसैलाई हराउनु छैन, कसैलाई उछिन्नु पनि छैन,” उनले लेखेका छन्, “बस ! एउटै छ, उत्कृष्ट कार्य गर्नुछ। हाम्रो वडा बनाउनु छ। हाम्रो…
Read More
‘नारीका रहर, खुसी र सपनाहरू पनि उत्तिकै महत्वपूर्ण छन्’ : मेयर मीना कुमारी लामा

‘नारीका रहर, खुसी र सपनाहरू पनि उत्तिकै महत्वपूर्ण छन्’ : मेयर मीना कुमारी लामा

हेटौंडा, साउन ३१ गते । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले महिलाको जीवन, भावना र सपनालाई केन्द्रमा राख्दै सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा व्यक्त गरेकी छिन्। मेयर लामाले एउटी नारीले आफ्नो जीवनमा आफ्ना रहर, खुसी र सपनाहरू आफैंबाट हराउँदै गएको टुलुटुलु हेरेर जीवन बिताउनुपर्ने अवस्था हुनु दुःखद भएको उल्लेख गरेकी छिन्। उनले महिलालाई केवल छोरी, चेली, श्रीमती वा आमाको भूमिकामा मात्र सीमित नगरी उनीहरूको व्यक्तिगत इच्छा, भावना र सपनालाई पनि सम्मान गर्नुपर्ने बताएकी छिन्। ‘छोरी, चेली, श्रीमती, आमा धरती मात्रै होइन, आकाश पनि हुन्’ भन्दै मेयर लामाले महिलाको योगदान, क्षमता र अस्तित्वलाई सम्मान गर्नुपर्ने धारणा राखेकी छिन्। उनले पुरुषलाई…
Read More
सरसफाइमा बजेट होइन, युवाको शक्ति लगानी गरौँ : विशालराज महत

सरसफाइमा बजेट होइन, युवाको शक्ति लगानी गरौँ : विशालराज महत

हेटौडा, साउन २३ गते । हेटौँडा उपमहानगरपालिकाले अघि बढाइरहेको ‘जिरो वेस्ट हेटौँडा’ अभियानलाई दिगो र आत्मनिर्भर बनाउन सरसफाइमा मात्रै बजेट खर्च गर्नेभन्दा युवाको शक्ति र सहभागितालाई आर्थिक गतिविधिसँग जोड्नुपर्ने सुझाव दिइएको छ। ‘सेवा सहयोग र आवाजमा हामी’का अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अवधारणा सार्वजनिक गर्दै फोहोरलाई खर्चको विषय नभई आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने बताएका हुन्। महतले हरेक वडामा रहेका युवा क्लबलाई सक्रिय बनाएर ‘युवा स्वच्छता–उद्यम कार्यक्रम’ सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन्। उनका अनुसार प्रत्येक युवा क्लबले कम्तीमा १५ दिनमा एकपटक वडा सरसफाइ अभियान सञ्चालन गर्ने र सरसफाइका क्रममा संकलन हुने प्लास्टिक, कागज, फलाम,…
Read More
‘विरोध गर्ने दिन दुई गाँस बढी खाना रुचोस्’ : हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको व्यंग्यात्मक सन्देश

‘विरोध गर्ने दिन दुई गाँस बढी खाना रुचोस्’ : हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको व्यंग्यात्मक सन्देश

हेटौंडा, साउन २२ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूविरुद्ध भइरहेका आलोचना र सामाजिक सञ्जालमा फैलाइने गतिविधिप्रति व्यंग्यात्मक प्रतिक्रिया जनाएका छन्। सिग्देलले वडाभित्रका सडकका साना खाल्डाखुल्डी तथा वर्षायाममा केही स्थानमा जमेको पानीको फोटो र भिडियो सामाजिक सञ्जालमा राखेर भाइरल हुने अवसर अब धेरै दिन नपाइने दाबी गरेका छन्। उनले विकास निर्माण तथा मर्मतसम्भारको काम तीव्र रूपमा भइरहेको उल्लेख गर्दै केही समयमै ती समस्या समाधान हुने बताएका छन्। उनले आफ्नो स्टाटसमा आफूहरू जनप्रतिनिधिका रूपमा काममै केन्द्रित रहेको उल्लेख गर्दै, "हामी त तिमीले खरानी बनाएको पालिका, वडा र घरको खरानी पखालेर काम गरिरहेका छौं," भन्ने अभिव्यक्ति प्रयोग…
Read More
‘आन्तरिक एकता बलियो बनाए मात्रै बाह्य चुनौती सामना गर्न सकिन्छ’ : वडाध्यक्ष नवीन सिग्देल

‘आन्तरिक एकता बलियो बनाए मात्रै बाह्य चुनौती सामना गर्न सकिन्छ’ : वडाध्यक्ष नवीन सिग्देल

हेटौंडा, साउन २२ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले परिवारदेखि समाज, संगठन र देशसम्मको विकासका लागि आन्तरिक एकता र सुदृढीकरण अपरिहार्य रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्ष सिग्देलले वर्तमान समयको सबैभन्दा ठूलो आवश्यकता आन्तरिक कमजोरी हटाउँदै एकताबद्ध भएर अघि बढ्नु रहेको उल्लेख गरेका छन्। उनले कुनै पनि वस्तु, संस्था वा समाजको विकास र विनाश उसकै आन्तरिक अवस्थाले निर्धारण गर्ने भन्दै बाहिरी चुनौतीभन्दा पहिले आन्तरिक अन्योल र किचलो अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। सिग्देलले आन्तरिक विभाजन र कमजोरी कायम रहँदासम्म बाह्य चुनौतीलाई चिर्दै सही दिशा दिन नसकिने उल्लेख गरेका छन्। उनका अनुसार आन्तरिक…
Read More
‘जिरो वेस्ट’ नाराभन्दा पहिले वास्तविक सुधार आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

‘जिरो वेस्ट’ नाराभन्दा पहिले वास्तविक सुधार आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

हेटौँडा, साउन २१ गते । हेटौंडा उपमहानगरपालिकाले पर्यटन वर्ष २०८३ लाई लक्षित गर्दै 'जाऔँ हेटौंडा, रमाऔँ हेटौंडा' भन्ने नारासहित 'शून्य फोहोर (जिरो वेस्ट)' महाअभियान घोषणा गरेको विषयमा सामाजिक अभियन्ता तथा सेवा, सहयोग र आवाजका अध्यक्ष विशालराज महतले नगरको वर्तमान अवस्थाप्रति गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले पर्यटन प्रवर्द्धनका लागि घोषणा गरिएको अभियान स्वागतयोग्य भए पनि नाराभन्दा पहिले यथार्थ सुधार गर्न आवश्यक रहेको बताएका छन्। उनका अनुसार हेटौंडा उपमहानगरपालिकाले करिब ३२ लाख ५० हजार रुपैयाँ खर्च गरेर शहरलाई सफा बनाउने योजना ल्याएको भए पनि अहिले पनि सडकमा फोहोर बोक्ने सवारीबाट लेदो चुहिने, दुर्गन्ध फैलिने तथा…
Read More
‘सुरक्षित हेटौँडा र लागू औषध नियन्त्रित हेटौँडा’ बनाउन सबैको सहकार्य आवश्यक : वडाध्यक्ष नवीन सिग्देल

‘सुरक्षित हेटौँडा र लागू औषध नियन्त्रित हेटौँडा’ बनाउन सबैको सहकार्य आवश्यक : वडाध्यक्ष नवीन सिग्देल

हेटौँडा, साउन २१ गते । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले पछिल्लो समय हेटौँडामा भइरहेका रहस्यमय हत्या तथा लागू औषधसँग सम्बन्धित घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुरक्षित समाज निर्माणका लागि सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्ष सिग्देलले हेटौँडामा केही समययता रहस्यमय हत्या प्रकरणहरू बढ्दै गएको तथा लागू औषध कारोबार र प्रयोगसँग सम्बन्धित घटनामा प्रहरीद्वारा दिनहुँ व्यक्तिहरू पक्राउ परिरहेको अवस्था चिन्ताजनक रहेको उल्लेख गरेका छन्। उनले खुला रूपमा मात्र होइन, लुकिछिपी हुने लागू औषध कारोबार अझ व्यापक हुन सक्ने संकेत गर्दै यसको प्रभावकारी नियन्त्रणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्। वडाध्यक्ष…
Read More
युवा पुस्ताको रोजाइ बन्दै मकवानपुरको बुढीचौर, फोहोर व्यवस्थापन र सडक सुधारमा ध्यान दिनुपर्ने आवश्यकता

युवा पुस्ताको रोजाइ बन्दै मकवानपुरको बुढीचौर, फोहोर व्यवस्थापन र सडक सुधारमा ध्यान दिनुपर्ने आवश्यकता

बुढीचौर, साउन २१ गते । मकवानपुरमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण बुढीचौर पछिल्लो समय युवा पुस्ताको आकर्षक घुम्ने गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। हरेक दिन जिल्लाका विभिन्न स्थानका साथै बाहिरी क्षेत्रबाट पनि ठूलो संख्यामा आन्तरिक पर्यटकहरू यहाँ पुग्ने गरेका छन्। स्थानीयका अनुसार विशेषगरी युवा पुस्ता बुढीचौरमा पुगेर मनोरञ्जन गर्नुका साथै टिकटक, रिल्स तथा अन्य सामाजिक सञ्जालका लागि भिडियो निर्माण गर्ने क्रम उल्लेख्य रूपमा बढेको छ। उनीहरूले यहाँ खिचेका भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दा बुढीचौरको प्राकृतिक सौन्दर्य थप प्रचार–प्रसार भइरहेको छ। यसले स्थानीय पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याएको देखिन्छ। पर्यटकको बढ्दो आगमनसँगै बुढीचौरमा फोहोर व्यवस्थापन भने चुनौतीका रूपमा देखिन थालेको छ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.