हेटौँडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरणको मिति तय, लाभग्राहीलाई बैंक शाखामा उपस्थित हुन आग्रह

हेटौँडा असोज २१ गते । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३, पदमपोखरीले आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिकअन्तर्गतको सामाजिक सुरक्षा भत्ता वितरणको मिति तय गरेको छ।

वडा कार्यालयका अनुसार सामाजिक सुरक्षा भत्ताको रकम सम्बन्धित लाभग्राहीको खातामा जम्मा भइसकेको छ। लाभग्राहीले तोकिएको मिति र समयमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड, पदमपोखरी शाखामा उपस्थित भई आफ्नो भत्ताको रकम बुझिलिनुपर्नेछ।

वडा कार्यालयले लाभग्राहीलाई चेक, नागरिकता र सामाजिक सुरक्षा भत्ता परिचयपत्र साथमा लिएर उपस्थित हुन अनुरोध गरेको छ।
वडा कार्यालयले टोल विकास संस्थाअनुसार भत्ता बुझ्ने मिति र समय समेत निर्धारण गरेको छ।

असोज २२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सिर्जनशील, समृद्धि सिमपानी, मुस्कान सिरानटोल, समाजसेवी सिमपानी, शान्ति टुटेपानी, गौरव टुटेपानी र पवित्र टोल विकास संस्थाका लाभग्राहीले भत्ता बुझ्न सक्नेछन्।

त्यस्तै, असोज २३ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म म्हेन्दोलिङ, नमो बुद्ध, सक्रिय, को को म्हेन्दो, रमनथली, वनस्पति, साहारा, नमुना र पिपल बोट टोल विकास संस्थाका लाभग्राहीका लागि भत्ता वितरण गरिनेछ।

यसैगरी, असोज २६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हरियाली, सुन्दर बस्ती, हिमचुली, जडीबुटी, बिन्दवासिनी, तिनकुने, आधा मार, पद्म सम्भव र पद्म विनायक टोल विकास संस्थाका लाभग्राहीले भत्ता बुझ्न सक्ने वडा कार्यालयले जनाएको छ।

वडा कार्यालयले निर्धारित मिति र समयमा आवश्यक कागजातसहित सम्बन्धित लाभग्राहीलाई फाइनान्स शाखामा उपस्थित हुन अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.