Breaking News 2

रसुवा विपत्तिबाट प्रभावित नुवाकोटका पत्रकार किरण अधिकारीलाई ५० हजार सहयोग

रसुवा विपत्तिबाट प्रभावित नुवाकोटका पत्रकार किरण अधिकारीलाई ५० हजार सहयोग

हेटौंडा, भदौ १९ गते । रसुवा विपत्तिका कारण समस्यामा परेका नुवाकोटका पत्रकार किरण अधिकारीलाई नेपाल प्रेस युनियन मकवानपुरको पहलमा नगद ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। विपत्तिका कारण कठिन परिस्थितिमा रहेका पत्रकार अधिकारीलाई संकटको घडीमा साथ र सहयोग पुर्याउने उद्देश्यले विभिन्न सहयोगी हातहरूको सामूहिक प्रयासमा उक्त रकम संकलन गरी हस्तान्तरण गरिएको नेपाल प्रेस युनियन मकवानपुरले जनाएको छ। सहयोग संकलन तथा हस्तान्तरणमा नेपाल प्रेस युनियन मकवानपुर र नेपाल पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष प्रदीप अधिकारी तथा हाल अमेरिकामा रहेका सुदिप शिवाकोटीको विशेष सक्रियता रहेको युनियनले जनाएको छ। नेपाल प्रेस युनियन मकवानपुरले विपत्तिको समयमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त…
Read More
नुवाकोटमा बाढीपहिरो प्रभावित सडक मर्मत तीव्र, विभिन्न स्थानमा तुइन निर्माण र पुनःस्थापनाको काम जारी

नुवाकोटमा बाढीपहिरो प्रभावित सडक मर्मत तीव्र, विभिन्न स्थानमा तुइन निर्माण र पुनःस्थापनाको काम जारी

नुवाकोट, भदौ १९ गते । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय, नुवाकोटले जिल्लाका विभिन्न सडक तथा आवागमनसँग सम्बन्धित पूर्वाधार मर्मत तथा निर्माण कार्यलाई तीव्रता दिएको छ। कार्यालयका अनुसार चौघडा पुल–बाहुनबेँसी–नर्जामाण्डप–लच्याङ–सरमथली–पर्च्याङ सडकखण्डमा ४ वटा जेसीबी र १ वटा टिपर प्रयोग गरी मर्मत कार्य भइरहेको छ। त्यसैगरी विदुर–चोगते–बोरेभञ्ज्याङ–लच्याङ–सरमथली–पर्च्याङ सडक, चोगते–उपल्लो गेर्खुटार–केराघारी सडक, चोगते–कुवापानी–बेत्रावती सडक तथा कल्याणी–मलागाउँ–निरञ्जना सडकमा समेत मर्मत कार्य जारी रहेको छ। यसैगरी हर्रे–कल्याणी सडक, बागखोर–झ्याङ्ली सडक र तादी पुल–मलागाउँ हुँदै बागखोरसम्मको सडक मर्मत कार्य पनि सञ्चालनमा रहेको कार्यालयले जनाएको छ। सडक मर्मतसँगै नदी तथा खोलाका कारण प्रभावित आवागमनलाई सहज बनाउन तुइन निर्माणको कामसमेत अघि बढाइएको छ।…
Read More
मनहरी खोलाले बगाएर बेपत्ता भएकी ६० वर्षीया कान्छीमाया चेपाङ मृत फेला

मनहरी खोलाले बगाएर बेपत्ता भएकी ६० वर्षीया कान्छीमाया चेपाङ मृत फेला

मनहरी, भदौ १९ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बोटबारीस्थित मनहरी खोलाले बगाएर बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कैलाश गाउँपालिका–७ डुम्बरे बस्ने करिब ६० वर्षीया कान्छीमाया चेपाङलाई हिजो साँझ करिब ७ः२० बजेको समयमा मनहरी खोला तर्ने क्रममा खोलाले बगाएको थियो। उनी राक्सिराङ गाउँपालिका–३ आउलेस्थित माइती घरबाट आफ्नो घरतर्फ जाने क्रममा खोला तर्दै गर्दा बगेकी थिइन्। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरीले राक्सिराङ गाउँपालिकाको नगर प्रहरीसँग समन्वय गरी तत्काल खोज तथा उद्धार कार्य अघि बढाएको थियो। खोजीका क्रममा भदौ १९ गते बिहान…
Read More
भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक मर्मत सुरु, एक साताभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक मर्मत सुरु, एक साताभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

मकवानपुर, भदौ १८ गते । मकवानपुरको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडकखण्डको मर्मत तथा पुनःनिर्माण कार्य आजदेखि सुरु गरिएको छ। सडक मर्मतका लागि आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरी भीमफेदी र सिस्नेरी दुवैतर्फबाट एकैसाथ काम अघि बढाइएको हो। आज सडकखण्डअन्तर्गत भीमफेदीदेखि कोगटे हुँदै इपा देउरालीसम्मको स्थलगत निरीक्षण सम्पन्न गरिएको छ। सडक मर्मतका लागि चार वटा एक्साभेटर, दुई वटा लोडर लगायत आवश्यक अन्य सवारीसाधन तथा उपकरण परिचालन गरिएको जनाइएको छ। सडकको अवस्था हेरेर दुवैतर्फबाट निर्माण तथा मर्मतको काम अघि बढाइएकाले बढीमा एक साताभित्र सडकमा यातायात सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ। सडक अवरुद्ध हुँदा भीमफेदी–देउराली–कुलेखानी खण्डमा सवारीसाधनको चाप बढेर जाम हुने समस्या देखिँदै आएको थियो।…
Read More
‘सत्य मतले होइन, कर्मले छुट्याउँछ’ भन्दै हेटौंडा–४ का वडाध्यक्ष सिग्देलको कडा प्रतिक्रिया

‘सत्य मतले होइन, कर्मले छुट्याउँछ’ भन्दै हेटौंडा–४ का वडाध्यक्ष सिग्देलको कडा प्रतिक्रिया

हेटौंडा, भदौ १८ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले सामाजिक सञ्जाल मार्फत आफूहरू कर्तव्यबाट विचलित नभएको भन्दै पछिल्लो गतिविधि र आलोचनाप्रति कडा प्रतिक्रिया जनाएका छन्। वडाध्यक्ष सिग्देलले फेसबुकमा स्टाटस लेख्दै नगर, वडा कार्यालय, स्वास्थ्य केन्द्र तथा घरहरूमा आगजनी गर्ने र त्यसपछि सामाजिक सञ्जाल मार्फत परिवार तथा आफन्तले समेत हेर्न नसक्ने गरी गालीगलौज गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफूहरू भने आगजनीपछि बाँकी रहेको खरानीमाथि टेकेर, फुटेका सिसा तथा जलेका सामग्री व्यवस्थापन गर्दै पुनः काममा जुटिरहेको उल्लेख गरेका छन्। विपरीत परिस्थितिका बाबजुद पनि आफूहरू आफ्नो कर्तव्यबाट विचलित नभएको उनको भनाइ छ। सिग्देलले अपराध र राजनीति सँगसँगै अघि बढ्न…
Read More
रसुवा बाढीपछि १२ हजार ३८ जनाको उद्धार, ५ हजार ८३ अझै सम्पर्कविहीन : प्रधानमन्त्री शाह

रसुवा बाढीपछि १२ हजार ३८ जनाको उद्धार, ५ हजार ८३ अझै सम्पर्कविहीन : प्रधानमन्त्री शाह

काठमाडौं, भदौ १८ गते । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई निरन्तरता दिइरहेको बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारको काम निरन्तर भइरहेको जानकारी दिँदै हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको बताएका हुन्। उनका अनुसार बाढीका कारण १ हजार २५९ जनाको ज्यान गएको छ भने ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन नागरिकको खोजी तथा प्रभावित नागरिकको विस्तृत तथ्यांक संकलनको काम जारी रहेको उनले बताएका छन्। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई विभिन्न स्थानमा होल्डिङ सेन्टरमा राखिएको छ।…
Read More
न्वागी (छोनाम) पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा

न्वागी (छोनाम) पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा

हेटौँडा, भदौ १८ गते । चेपाङ समुदायले मनाउने महत्वपूर्ण सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ। बागमती प्रदेश सरकार, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, हेटौँडाले विहिबार जारी गरेको सूचनाअनुसार २०८३ भदौ २२ गते सोमबार न्वागी (छोनाम) पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा रहनेछ। बागमती प्रदेश राजपत्रको खण्ड ९, संख्या ०९, भाग ३, मिति २०८२ चैत २३ गते प्रकाशित सूचनाबमोजिम उक्त बिदा लागू हुने मन्त्रालयले जनाएको छ। चेपाङ जातिले परम्परागत रूपमा मनाउँदै आएको न्वागी (छोनाम) पर्वको सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा घोषणा…
Read More
इन्द्रसरोवरको बतासे डाँडामा मिनी ट्रक दुर्घटना, चालक घाइते, सहचालक बेपत्ता

इन्द्रसरोवरको बतासे डाँडामा मिनी ट्रक दुर्घटना, चालक घाइते, सहचालक बेपत्ता

बतासे डाँडा, भदौ १८ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित बतासे डाँडामा खाद्यान्न बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् भने सहचालक बेपत्ता भएका छन्। बिहीबार बिहान करिब ६ बजे हेटौँडाबाट दक्षिणकाली हुँदै काठमाडौँतर्फ जाँदै गरेको प्र.०३–०१–००३ क ५६०५ नम्बरको खाद्यान्न लोड मिनी ट्रक हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी खानीखेत र इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार दुर्घटनामा मिनी ट्रक चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ का करिब २६ वर्षीय पुष्पराज भुजेल घाइते भएका छन्। उनको…
Read More
नाम्सी खोलामा स-साना ढुंगा खसेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सतर्कता अपनाउन आग्रह

नाम्सी खोलामा स-साना ढुंगा खसेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सतर्कता अपनाउन आग्रह

चितवन, भदौ १८ गते । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोला पुल नजिकै माथिबाट स-साना ढुंगा सडकमा खसेपछि सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार बिहान करिब ९ः३५ बजे पुल नजिकै माथिबाट ढुंगा सडकमा झरेका हुन्। सडकमा खसेका ढुंगा हटाउने कामका लागि केही समय मात्र लाग्ने जनाइएको छ। हाल उक्त स्थानमा सवारी आवागमन नयाँ पुलबाट सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ। सडक डिभिजनले यात्राका क्रममा विशेष सावधानी अपनाउन तथा सडकको अवस्था हेरेर, आवश्यक परे सवारी रोकेर र अवस्था बुझेर मात्रै सुरक्षित रूपमा यात्रा गर्न सबैमा अनुरोध गरेको छ।
Read More
न्वागी पर्वमा तडकभडक नगर्न कैलाश गाउँपालिकाको आग्रह, दुई दिन सरकारी कार्यालय र शिक्षण संस्था बन्द रहने

न्वागी पर्वमा तडकभडक नगर्न कैलाश गाउँपालिकाको आग्रह, दुई दिन सरकारी कार्यालय र शिक्षण संस्था बन्द रहने

कैलाश गाउँपालिका, भदौ १७ गते । कैलाश गाउँपालिकाले चेपाङ समुदायको महान् सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा शुभकामना व्यक्त गर्दै यस वर्ष विपद्को संवेदनशील अवस्थालाई मध्यनजर गरी पर्वमा तडकभडक नगर्न आग्रह गरेको छ। गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानद्वारा जारी शुभकामना तथा सूचनामा गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ। बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। प्रकृति पूजक तथा अति सीमान्तकृत चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेको न्वागीको अवसरमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.