Breaking News 2

मनहरी खोला तर्ने क्रममा मकवानपुरका चेपाङ युवा बेपत्ता, खोजी तथा उद्धार जारी

मनहरी खोला तर्ने क्रममा मकवानपुरका चेपाङ युवा बेपत्ता, खोजी तथा उद्धार जारी

मनहरी, साउन २१ गते । मकवानपुरको कैलाश गाउँपालिका–४ सिसौटारमा मनहरी खोला तर्ने क्रममा एक चेपाङ युवा बेपत्ता भएका छन्। उनको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार साउन २० गते राति करिब ११ बजे कैलाश गाउँपालिका–४ सिसैटा निवासी २५ वर्षीय प्रकाश तामाङ र ३२ वर्षीय अशोक प्रजा कालिकाटारबाट देउतीसस्थित आफ्नै घर फर्किरहेका थिए। घर फर्कने क्रममा उनीहरू मनहरी खोला तर्दै गर्दा खोलाको तीव्र बहावमा परेका थिए। घटनामा प्रकाश तामाङ भने सकुशल खोलाबाट बाहिर निस्कन सफल भएका छन्। तर अशोक प्रजालाई खोलाले बगाएपछि उनी बेपत्ता भएका प्रहरीले जनाएको छ। घटनाबारे…
Read More
रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्यांकर दुर्घटना, आगलागीपछि आगो नियन्त्रणमा

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्यांकर दुर्घटना, आगलागीपछि आगो नियन्त्रणमा

रौतहट, साउन २१ गते । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुलनजिक १२ हजार लिटर पेट्रोल बोकेको ट्यांकर दुर्घटनाग्रस्त भई आगलागी भएको छ। आज बिहान करिब ५:३० बजे अमलेखगन्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्यांकर अनियन्त्रित भई पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार दुर्घटनापछि ट्यांकरमा तत्काल आगो लागेको भए पनि चालक सकुशल बाहिर निस्कन सफल भएका छन्। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ दमकल, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणमा आएसँगै…
Read More
टोकियोमा सम्पन्न एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६ ले जारी गर्‍यो ९ बुँदे ‘टोकियो घोषणा पत्र’

टोकियोमा सम्पन्न एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६ ले जारी गर्‍यो ९ बुँदे ‘टोकियो घोषणा पत्र’

काठमाडौं/टोकियो, साउन २० गते । नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा जापानको टोकियोमा आयोजित एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६ सम्पन्न भएको छ। सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी व्यवस्थापनदेखि वैदेशिक शाखामा आबद्ध पत्रकारहरूको संस्थागत अधिकारसम्म समेटिएका ९ बुँदे ‘टोकियो घोषणा पत्र–२०२६’ जारी गरेको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वय, नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा तथा महासंघका सबै वैदेशिक शाखा (युरोप, यूके, बेल्जियम, कुवेत, कतार, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स र भारत) को सहआयोजना एवं नेपाल अमेरिका पत्रकार संघ र नेपाल अष्ट्रेलिया पत्रकार संघको सहकार्यमा गत जुलाई २५ मा सम्मेलन सम्पन्न भएको हो।…
Read More
लाहानमा जारी कर्फ्यु हटाइयो, आज बिहान १० बजेदेखि आदेश समाप्त

लाहानमा जारी कर्फ्यु हटाइयो, आज बिहान १० बजेदेखि आदेश समाप्त

सिरहा, साउन १६ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले लाहान नगरपालिका क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम लागू गरिएको कर्फ्यु आदेश आज (साउन १६) बिहान १० बजेदेखि हटाइएको हो। प्रशासनले सुरक्षा निकायको प्रतिवेदन तथा जिल्लाको समग्र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु हटाउने निर्णय गरिएको जनाएको छ। यससँगै लाहान नगर क्षेत्रमा सर्वसाधारणको आवतजावत तथा दैनिक जनजीवन पुनः सामान्य हुने अपेक्षा गरिएको छ। यद्यपि प्रशासनले सबै नागरिकलाई कानुनको पालना गर्न, सामाजिक सद्भाव कायम राख्न तथा शान्ति–सुरक्षा बिग्रिने कुनै पनि गतिविधिमा…
Read More
‘भेलबाढीमा भविष्य देख्ने तत्वबाट सचेत रहन’ हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आग्रह

‘भेलबाढीमा भविष्य देख्ने तत्वबाट सचेत रहन’ हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आग्रह

हेटौंडा, साउन १५ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएको सामाजिक तनाव र हिंसात्मक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, एकता र मानवीयताको पक्षमा उभिन सबैलाई आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्ष सिग्देलले समाजमा उत्पन्न हुने अस्थिर अवस्था र संवेदनशील परिस्थितिको फाइदा उठाउँदै आफ्ना स्वार्थ पूरा गर्न खोज्ने तत्वहरू सक्रिय रहेको बताएका छन्। उनले यस्ता गतिविधिबाट नागरिक सचेत रहनुपर्नेमा जोड दिएका छन्। उनले "भेलबाढीमा आफ्नो भविष्य देख्ने" प्रवृत्तिप्रति संकेत गर्दै धमिलो अवस्थाको दुरुपयोग गरी समाजमा विभाजन, द्वन्द्व र अस्थिरता सिर्जना गर्न खोज्ने प्रयासप्रति सजग रहन आग्रह गरेका छन्।…
Read More
“बिमा कम्पनीको बहानाले संकटमा बंगुरपालक किसान, तत्काल छानबिन र क्षतिपूर्तिको माग”

“बिमा कम्पनीको बहानाले संकटमा बंगुरपालक किसान, तत्काल छानबिन र क्षतिपूर्तिको माग”

हेटौंडा, साउन १५ गते । मकवानपुरका व्यवसायिक बंगुरपालक किसानहरूले पशु बिमा प्रक्रियामा बिमा कम्पनीहरूले गरेको लापरवाहीका कारण आफूहरू गम्भीर आर्थिक संकटमा परेको बताएका छन्। किसानहरूको समस्याप्रति ध्यानाकर्षण गराउँदै सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सरकारले तत्काल छानबिन गरी किसानको हित सुनिश्चित गर्न माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले बिमा भनेको जोखिममा साथ दिने सुरक्षा व्यवस्था भएको उल्लेख गर्दै जोखिम देखिएपछि जिम्मेवारीबाट पन्छिनु बिमाको उद्देश्यविपरीत भएको बताएका छन्। उनका अनुसार सरकारले पशु बिमामा किसानलाई ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको भए पनि मकवानपुरका धेरै व्यवसायिक बंगुरपालक किसानहरूले समयमै पशु बिमा गर्न खोज्दा…
Read More
साम्प्रदायिक हिंसा रोक्न संयम र सद्भाव कायम राख्न श्रम संस्कृति पार्टीको अपिल

साम्प्रदायिक हिंसा रोक्न संयम र सद्भाव कायम राख्न श्रम संस्कृति पार्टीको अपिल

काठमाडौं, साउन १५ गते । श्रम संस्कृति पार्टीले सुनसरीको देवानगञ्जबाट सुरु भई सिराहा लगायतका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक हिंसाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका प्रवक्ता सत्य गुरुद्वारा जारी प्रेस विज्ञप्तिमा हिंसात्मक घटनाले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिमा गम्भीर असर पुर्‍याएको उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार सुनसरीको देवानगञ्जका जयप्रकाश मेहता र ओमप्रकाश मेहता तथा सिराहाको गोलबजारका गणेश यादवको निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। पार्टीले साम्प्रदायिक हिंसा वा कुनै पनि प्रकारका हिंसात्मक गतिविधिबाट कुनै पनि समाज वा राष्ट्रले दिगो शान्ति,…
Read More
मकवानपुर प्रशासनको अपिल : साउन १६ गते हेटौंडामा हुने बृहत् सामाजिक सद्भाव र्‍यालीमा सहभागी हुन आग्रह

मकवानपुर प्रशासनको अपिल : साउन १६ गते हेटौंडामा हुने बृहत् सामाजिक सद्भाव र्‍यालीमा सहभागी हुन आग्रह

हेटौंडा, साउन १५ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, मेलमिलाप तथा भाइचारा कायम राख्ने उद्देश्यले आयोजना गर्न लागिएको बृहत् सामाजिक सद्भाव र्‍यालीमा सबै सरोकारवालालाई सक्रिय सहभागिताका लागि हार्दिक अपिल गरेको छ। कार्यालयले जारी गरेको सूचनामा हालै सुनसरी र सिराहा जिल्लामा भएका दुःखद घटनापछि विभिन्न जिल्लामा देखिएका प्रदर्शनजस्ता प्रतिकूल अवस्था मकवानपुरमा सिर्जना हुन नदिन तथा समाजमा शान्ति, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउन र्‍याली आयोजना गर्न लागिएको जनाएको छ। प्रशासनले धार्मिक संघसंस्था, विभिन्न धर्म तथा संस्कृतिमा आस्था राख्ने धर्मावलम्बी, राजनीतिक दल, जनप्रतिनिधि, विभिन्न हित समूह, अधिकारकर्मी, सञ्चारकर्मी, टोल विकास संस्था, गैरसरकारी संस्था, नागरिक समाज, सुरक्षा…
Read More
सुनसरी घटनापछि बढ्दो तनावप्रति पत्रकार महासंघको चिन्ता, संयमता र निष्पक्ष अनुसन्धानको माग

सुनसरी घटनापछि बढ्दो तनावप्रति पत्रकार महासंघको चिन्ता, संयमता र निष्पक्ष अनुसन्धानको माग

काठमाडौं, साउन १५ गते । नेपाल पत्रकार महासंघले सुनसरीसहित विभिन्न जिल्लामा भएका प्रदर्शन तथा झडपका क्रममा तीन जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। महासंघले जारी गरेको विज्ञप्तिमा ज्यान गुमाएका तीनै जनाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। महासंघले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय विविधताले सम्पन्न मुलुक भएकाले यही विविधताबीचको एकता, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान नेपाली समाजको मौलिक पहिचान र राष्ट्रिय शक्तिको आधार भएको उल्लेख गरेको छ। यस्तो सामाजिक संरचनालाई कमजोर…
Read More
‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौँडा, साउन १३ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले भैरवरोड क्षेत्रमा वर्षायाममा हुने पानी जम्ने समस्याको समाधानका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको बताएका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष सिग्देलले आफूहरू समस्या समाधानका विषयमा मौन नभएको उल्लेख गरेका छन्। उनले “हामी चुपचाप छैनौँ, पहल जारी छ” भन्दै भैरवरोडको पानीको दह हटाउन दुईवटा मुख्य काम गर्न आवश्यक रहेको बताएका छन्। उनका अनुसार पहिलो, पानी सहज रूपमा बग्न सक्ने निकासको व्यवस्था गर्नुपर्नेछ। दोस्रो, भूमिगत ढलका जिर्ण तथा बिग्रिएका चेम्बरहरूको पुनर्निर्माण र मर्मत गर्नुपर्ने आवश्यकता रहेको छ, जसका कारण ढलको बहाव प्रभावित भएको उनले बताएका छन्। अध्यक्ष सिग्देलले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.