मकवानपुर प्रशासनको अपिल : साउन १६ गते हेटौंडामा हुने बृहत् सामाजिक सद्भाव र्‍यालीमा सहभागी हुन आग्रह

हेटौंडा, साउन १५ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, मेलमिलाप तथा भाइचारा कायम राख्ने उद्देश्यले आयोजना गर्न लागिएको बृहत् सामाजिक सद्भाव र्‍यालीमा सबै सरोकारवालालाई सक्रिय सहभागिताका लागि हार्दिक अपिल गरेको छ।

कार्यालयले जारी गरेको सूचनामा हालै सुनसरी र सिराहा जिल्लामा भएका दुःखद घटनापछि विभिन्न जिल्लामा देखिएका प्रदर्शनजस्ता प्रतिकूल अवस्था मकवानपुरमा सिर्जना हुन नदिन तथा समाजमा शान्ति, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउन र्‍याली आयोजना गर्न लागिएको जनाएको छ।

प्रशासनले धार्मिक संघसंस्था, विभिन्न धर्म तथा संस्कृतिमा आस्था राख्ने धर्मावलम्बी, राजनीतिक दल, जनप्रतिनिधि, विभिन्न हित समूह, अधिकारकर्मी, सञ्चारकर्मी, टोल विकास संस्था, गैरसरकारी संस्था, नागरिक समाज, सुरक्षा निकाय, सरकारी कार्यालयका कर्मचारी तथा सम्पूर्ण आम नागरिकलाई र्‍यालीमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ।

उक्त बृहत् सामाजिक सद्भाव र्‍याली २०८३ साल साउन १६ गते शनिबार अपराह्न ४:०० बजे हेटौंडा–४ स्थित हुप्राचौरबाट आयोजना हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

प्रशासनले सबै समुदायबीच सद्भाव, सहिष्णुता र सामाजिक एकताको सन्देश फैलाउन कार्यक्रमलाई व्यापक र सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.