२०८३ श्रावण १५, शुक्रबार १५:४८
२०८३ श्रावण १५, शुक्रबार १५:४८
हेटौंडा, साउन १५ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएको सामाजिक तनाव र हिंसात्मक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, एकता र मानवीयताको पक्षमा उभिन सबैलाई आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्ष सिग्देलले समाजमा उत्पन्न हुने अस्थिर अवस्था र संवेदनशील परिस्थितिको फाइदा उठाउँदै आफ्ना स्वार्थ पूरा गर्न खोज्ने तत्वहरू सक्रिय रहेको बताएका छन्। उनले यस्ता गतिविधिबाट नागरिक सचेत रहनुपर्नेमा जोड दिएका छन्। उनले "भेलबाढीमा आफ्नो भविष्य देख्ने" प्रवृत्तिप्रति संकेत गर्दै धमिलो अवस्थाको दुरुपयोग गरी समाजमा विभाजन, द्वन्द्व र अस्थिरता सिर्जना गर्न खोज्ने प्रयासप्रति सजग रहन आग्रह गरेका छन्।…