२०८२ बैशाख ३०, मंगलवार १२:०९
२०८२ बैशाख ३०, मंगलवार १२:०९
काठमाडौं। प्यालेस्टिनी लडाकु समूह हमासले १९ महिनाअघि बन्धक बनाएका इजरायली–अमेरिकी नागरिक एडन अलेक्ज्यान्डरलाई रिहा गरेको छ। २१ वर्षीय अलेक्ज्यान्डरलाई सोमबार राति गाजा सिटीको खान युनिस क्षेत्रबाट रिहा गरिएको हो। अमेरिकी नागरिक अलेक्ज्यान्डर अमेरिकाबाट आएर इजरायली सेनामा भर्ना भएका थिए। उनी २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा अपहरणमा परेका थिए। अलेक्ज्यान्डरको रिहाइलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आसन्न मध्यपूर्व भ्रमण र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको बढ्दो आलोचनाका बीच हमासले एकपक्षीय रूपमा ‘अमेरिकाप्रति सद्भावना’ देखाएको विश्लेषण गरिएको छ। हमासले यो कदमलाई कुनै सम्झौताको रूपमा नभई विशुद्ध रूपमा सद्भावको प्रदर्शन भनेको छ। यद्यपि, इजरायली…