भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, प्रत्यक्ष वार्ताबाटै सहमति भएको दाबी

काठमाडौँ। भारत र पाकिस्तान दुवै देश आफ्नो सीमा क्षेत्रमा युद्धविराम गर्न सहमत भएको दाबी गरेकाछन्। दुवै देशका सैन्य अधिकारीहरूबीच भएको प्रत्यक्ष वार्तामार्फत यो सहमति जुटेको खबर बाहिरिएको छ। दुवै देशका डाइरेक्टर जेनेरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) बीचको छलफलपछि युद्धविरामको सहमति भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले भारतीय सरकारी स्रोतलाई उद्धृत गर्दै यो सहमति कुनै तेस्रो पक्षको मध्यस्थता बिना नै भारत र पाकिस्तानबीचको आपसी छलफलबाट भएको दाबी गरेको छ। दुवै देश गोलीबारी र सैन्य कारबाही रोक्न सहमत भएका छन्। यसअघि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै शुक्रबार राति अमेरिकाले गरेको छलफलपछि दुवै देश तत्काल युद्धविरामका लागि तयार भएको बताएका थिए। तर, भारतीय अधिकारीहरूले यो सहमति दुई देशबीचको प्रत्यक्ष वार्ताबाटै भएको स्पष्ट पारेका छन्।

भारतको जम्मु कश्मिरको पहालगाम नजिकै वैशारण उपत्यकामा २२ अप्रिलका दिन भएको आतंककारी हमलामा २६ जना पर्यटकको हत्या भएको थियो। जसको अभियोग भारतले पाकिस्तानलाई लगाउँदै आएकोथियो। जसका कारण भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा तनाव रहँदै आएकोछ। दुवै देशबीचको युद्धविरामको सहमतिले सीमा क्षेत्रमा शान्ति कायम हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.