Day: २०८२ बैशाख २९, सोमबार २३:०९

प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

चितवन। जनता समाजवादी पार्टी नेपाल चितवन जिल्लाले आज आफ्नो प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको छ। आज भएको प्रथम जिल्ला अधिवेशनबाट चितवन जिल्लाले समाजवादी युवा भोलेन्टियर फोर्स नेपालका केन्द्रीय सदस्य अनुस जोशीलाई सर्वसहमतमा अध्यक्षमा चयन गरेका छन्। त्यस्तै पार्टी उपाध्यक्ष पदको लागि सरस्वती बर्देवा र इमान सिंह लामा, सचिव पदमा शोभा बिष्ट सहसचिवमा आशिष मिया र अनुरोध चौधरी र कोष अध्यक्ष पदमा राजु टमाटा सर्वसमतिमा चयन भएका छन्। सोही अधिवेशनले २९ जना कार्यसमिति जिल्ला कमिटीमा गठन गर्न सफल भएको छ। अधिवेशन कार्यक्रममा सहभागी हुनेहरूमा पार्टीको महासचिव राजकुमार शर्मा,कार्यकारणी सदस्य तारा बिक,बागमती प्रदेश उपाध्यक्ष जीवन तामाङ,ताम्सालिङ अध्यक्ष ज्ञानु लामा र मकवानपुर जिल्लाका अध्यक्ष…
Read More
पानी संगै आएको हाबाहुरीले झापाको केरा खेतीमा क्षति

पानी संगै आएको हाबाहुरीले झापाको केरा खेतीमा क्षति

झापा। पानीसँगै आएको हावा हुरीले झापाको केरा खेतीमा क्षति भएको छ। हिजो (आईतबार) साँझ बाह्रदर्शी गाउँपालिका-७ बत्तीसबिघे स्थितमा स्थानीय १५ घर धुरीले ब्यक्तिगत रुपमा अन्दाजी ३० बिघा जग्गामा लगाएको केराको बोटहरु ढालेर पूर्ण रुपमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Read More
“म कसैकाे साेर्समा हैन, पिडितलाई अन्याय हुन दिन्न”:राैतहटका एसपी गिरी

“म कसैकाे साेर्समा हैन, पिडितलाई अन्याय हुन दिन्न”:राैतहटका एसपी गिरी

राैतहट। राैतहटका नयाँ प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले आफू कुनै राजनीतिक या अन्य प्रभावकाे कारणले राैतहट आएकाे नभई नियमित प्रशासनिक प्रक्रियामार्फत आएकाे स्पष्ट पारेका छन्। जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित एक परिचयात्मक कार्यक्रममा उनले भने, “म कसैकाे साेर्समा अाएकाे हैन। यदि राैतहट आएको हुने भएन भने म महोत्तरी वा सर्लाही जान्थेँ।” पत्रकारहरूकाे जिज्ञासामा जवाफ दिंदै एसपी गिरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम राख्न र नागरिकलाई न्याय दिलाउन आफु प्रतिवद्ध रहेकाे बताए। उनले भने, “पिडितलाई अन्याय हुन दिन्न। कसैलाई दुख दिने मेरो उदेश्य छैन। निर्दोषलाई दुःख दिने काम नगराैँ।” उनले जिल्लामा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखिने जनाउँदै भने, “तस्करी नियन्त्रण गर्नु हाम्रो कर्तव्य…
Read More
मिटरब्याज पीडितकाे पक्षमा हाम्रो पार्टीको पूर्ण साथ रहने छ

मिटरब्याज पीडितकाे पक्षमा हाम्रो पार्टीको पूर्ण साथ रहने छ

धनुषा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले मिटरब्याज पीडितकाे पक्षमा आफ्नो पार्टीको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्दै मिटरब्याज तथा लघुवित्त पीडितहरूलाई आफ्नो समस्याको विरुद्ध अन्तिमसम्म लड्न आह्वान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीद्वारा धनुषाको ढल्केबरमा आयोजित मिटरब्याज तथा लघुवित्त पीडितहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले साे आह्वान गरेका हुन् । धनुषा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले मिटरब्याज पीडितकाे पक्षमा आफ्नो पार्टीको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्दै मिटरब्याज तथा लघुवित्त पीडितहरूलाई आफ्नो समस्याको विरुद्ध अन्तिमसम्म लड्न आह्वान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीद्वारा धनुषाको ढल्केबरमा आयोजित मिटरब्याज तथा लघुवित्त पीडितहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै…
Read More
१५ लाख भारुसहित एक जना  ब्याक्ती पक्राउ

१५ लाख भारुसहित एक जना ब्याक्ती पक्राउ

झापा। प्रहरीले झापाको काकंरभित्ता स्थित जोरसिमलबाट बुधबार १५ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा काँकडभिट्टाबाट खटिएको गस्तीले मेचीनगर–७ स्थित जोरसिमलमा काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस चेकजाँचका क्रममा भारु १४ लाख ९९ हजार सात सयसहित मोरङ उर्लाबारी–८ का ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलका अनुसार बरामद नगदसहित कार्कीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाइएको छ ।
Read More
जम्मु कश्मीरमा पाकिस्तानी मिसाइल आक्रमण विफल, भारतको जवाफी कारबाही जारी

जम्मु कश्मीरमा पाकिस्तानी मिसाइल आक्रमण विफल, भारतको जवाफी कारबाही जारी

काठमाडौं। जम्मु कश्मीरस्थित हवाई अड्डामा पाकिस्तानले प्रहार गरेको मिसाइललाई भारतीय डिफेन्स युनिटले बिहीबार विफल बनाइदिएको छ। भारतीय सेनाका अनुसार पाकिस्तानको एफ-१६ जेटले प्रहार गरेको ८ वटा मिसाइललाई भारतको एस-४०० डिफेन्स सिस्टमले सफलतापूर्वक निष्क्रिय पारेको हो। यसैबीच, भारतले पाकिस्तानमाथि कडा जवाफी कारबाही गरेको छ। हालै भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपाली सहित २६ जना पर्यटकको ज्यान गएको थियो। उक्त घटनापछि आक्रोशित भारतले पाकिस्तानका विभिन्न ९ क्षेत्रमा हवाई आक्रमण गरी आतंकवादको संरचनालाई ध्वस्त पारेको दाबी गरेको छ। भारतीय कारबाहीमा २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको बताइएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै धर्मशालामा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को…
Read More
पोखरामा राष्ट्रिय खुल्ला वक्तृत्वकला प्रतियोगिता हुँदै

पोखरामा राष्ट्रिय खुल्ला वक्तृत्वकला प्रतियोगिता हुँदै

पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको आयोजनामा आगामी जेठको पहिलो साता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ। ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले प्रतिस्पर्धा गर्न पाउनेछन्। एसईई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थीहरूलाई पनि प्रतियोगितामा सहभागी हुन अवसर दिइएको प्रतियोगिता संयोजक, पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए। प्रतियोगितामा उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्ने विद्यार्थीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुनेले रु ५१ हजार १ सय ५१, द्वितीय हुनेले रु ४१ हजार १ सय ४१, तृतीय हुनेले रु ३१…
Read More
पोखरा वडा नं. ४ का वडाध्यक्ष पराजुली पक्राउ,कर्मचारी र व्यवसायीमाथि हातपातको आरोप

पोखरा वडा नं. ४ का वडाध्यक्ष पराजुली पक्राउ,कर्मचारी र व्यवसायीमाथि हातपातको आरोप

पोखरा। पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ। व्यवसायी लेखनाथ सुवेदीले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। वडाध्यक्ष पराजुलीले मंगलबार महानगरपालिकाका दुई व्यक्तिलाई हातपात गरेको आरोप लागेको छ। उनले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका थिए। त्यसैगरी, सोही दिन फुटपाथमा सामान राखेको विषयलाई लिएर उनले व्यवसायी सुवेदीलाई पनि दुर्व्यवहार गर्दै हातपात गरेको बताइएको छ। वडाध्यक्षको यस्तो व्यवहारपछि महानगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका थिए र बुधबार उनीहरूले महानगरको सेवा ठप्प पारेका थिए। यसैबीच, हातपातबाट पीडित व्यवसायी सुवेदीले वडाध्यक्ष पराजुलीविरुद्ध प्रहरीमा औपचारिक उजुरी दर्ता गराएका थिए। सोही…
Read More
तिनकुनेमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

तिनकुनेमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

काठमाडौं। काठमाडौंको कोटेश्वर तिनकुने सडकमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा नुवाकोट घर भई हाल ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छन्। उनी मोटरसाइकलमा पछाडि सवार थिइन्। दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त कोटेश्वरका अनुसार बिहान ६ः३५ बजे कोटेश्वरमा सडकको रातो बत्तीमा रोकिरहेको बा प्र ०१-०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र. ०२-०५३ प ३८२७ नम्बरको…
Read More
नेवार र तामाङ भाषालाई सरकारी कामकाजी भाषा दिवसको अवसर पारेर जसपा नेपालले बुद्धचोकमा दीप प्रज्लन कार्यक्रम सम्पन्न गर्यो

नेवार र तामाङ भाषालाई सरकारी कामकाजी भाषा दिवसको अवसर पारेर जसपा नेपालले बुद्धचोकमा दीप प्रज्लन कार्यक्रम सम्पन्न गर्यो

हेटौंडा। जनता समाजवादी (जसपा) नेपाल मकवानपुरले आज हेटौंडाको बुद्धचोकमा दीप प्रज्वल कार्यक्रम सम्पन्न गरेको छ। नेवार तामाङ भाषालाई सरकारी कामकाजीको भाषा दिवसको अवसर पारी जसपा नेपालले आज बुद्धचोकमा पुगेर दीप प्रज्वलन कार्यक्रम गरेको हो। उक्त दीप प्रज्वलन कार्यक्रममा सहभागी उपस्थित जिल्ला र केन्द्रीय सदस्य नेताहरूले अहिले जसरी सरकारी कामकाजमा नेवार र तामाङ भाषालाई जुन किसिमले प्राथमिकता दिएको छ त्यो व्यवहारिकतामा खासै नदेखेको आफ्नो भनाइ उल्लेख गरेका छन्। राज्य जसरी जनतामुखी हुनुपर्ने हो त्यो खासै नभैदिएको कारण अहिले जनताले दुःख पाइरहेको छ,जनतामाथि राज्यले दमन शोषण विभेदपूर्ण कार्य गर्नाले जुन व्यवस्था जसरी ल्याएपनि त्यो खासै फलदायी नरहेको उपस्थित नेताहरूले आफ्नो भनाइ राखेका हुन्।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.