“म कसैकाे साेर्समा हैन, पिडितलाई अन्याय हुन दिन्न”:राैतहटका एसपी गिरी

राैतहट। राैतहटका नयाँ प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले आफू कुनै राजनीतिक या अन्य प्रभावकाे कारणले राैतहट आएकाे नभई नियमित प्रशासनिक प्रक्रियामार्फत आएकाे स्पष्ट पारेका छन्। जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित एक परिचयात्मक कार्यक्रममा उनले भने, “म कसैकाे साेर्समा अाएकाे हैन। यदि राैतहट आएको हुने भएन भने म महोत्तरी वा सर्लाही जान्थेँ।”

पत्रकारहरूकाे जिज्ञासामा जवाफ दिंदै एसपी गिरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम राख्न र नागरिकलाई न्याय दिलाउन आफु प्रतिवद्ध रहेकाे बताए। उनले भने, “पिडितलाई अन्याय हुन दिन्न। कसैलाई दुख दिने मेरो उदेश्य छैन। निर्दोषलाई दुःख दिने काम नगराैँ।”

उनले जिल्लामा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखिने जनाउँदै भने, “तस्करी नियन्त्रण गर्नु हाम्रो कर्तव्य हो। यो सशस्त्र प्रहरीकाे पनि जिम्मेवारी हाे, तर यदि कसैले तस्करीजन्य काम गरेका छन् भने हामी टुलु टुलु हेरेर बस्दैनौँ। कारबाही गर्छाैँ।”

बिचौलियाको पहिचान र कारबाहीमा जोड

एसपी गिरीले बिचाैलीयाे संस्कृतिलाई अन्त्य गर्न पत्रकार, स्थानीय तह र सर्वसाधारण सबैकाे सहयाेग आवश्यक रहेकाे बताए। उनले भने, “बिचाैलीयालाई पहिचान गरी जानकारी दिनुहाेस्। हामी त्यसअनुसार कारबाही गर्छाैँ।”

कार्ड भएकाे बिहेकाे समानमा अवरोध छैन

प्रवेश नियन्त्रणकाे सन्दर्भमा कुरा गर्दै उनले जनाए, “कार्ड लिएर आएको बिहेकाे समानमा कसैलाई रोकेको छैन। हामी केवल तस्करी वा गैरकानुनी गतिविधिमा संलग्नहरूमाथि निगरानी गर्छाैँ।”

शान्ति सुरक्षामा प्राथमिकता

उनले जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरी पुर्णरूपमा सक्रिय रहने जनाए। “हाम्रो मुख्य काम नै शान्ति सुरक्षा हाे। यसतर्फ नै हाम्रो फोकस हुन्छ,” एसपी गिरीले भने।

सिसिटिभी क्यामराहरू मर्मतको प्रक्रियामा

कार्यक्रममा सहभागी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायले गाैर नगरपालिकामा सिसिटिभी क्यामराहरू सञ्चालनमा नआएकाे जानकारी दिए। “हाल बीपी चोकको सिसिटिभी मात्र चलिरहेको छ,” उनले भने, “बाँकी मर्मतका लागि गाैर नगरपालिका समक्ष अनुरोध गरिएको छ।”

पत्रकारहरूसँग प्रत्यक्ष सम्वादको अपेक्षा

एसपी गिरीले सबै सञ्चारकर्मीहरूलाई प्रत्यक्ष भेट्ने र समन्वयमा काम गर्न आग्रह गरेका छन्। उनले भने, “सिधा सम्पर्क राखौं, प्रेस कन्फ्रेन्सपछि मात्रै जानकारी दिनु भन्ने सोच राम्रो हैन। पारदर्शिताकाे वातावरण बनाउनु जरुरी छ।”

यस कार्यक्रमकाे समापनमा पत्रकारमहासंघका सचिव गाैतम श्रेष्ठले सिसिटिभी मर्मत तथा प्रविधि अभावका कारण अपराध नियन्त्रणमा समस्या हुने भएकाले छिटाे समाधानकाे माग समेत गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.