मिटरब्याज पीडितकाे पक्षमा हाम्रो पार्टीको पूर्ण साथ रहने छ

धनुषा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले मिटरब्याज पीडितकाे पक्षमा आफ्नो पार्टीको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्दै मिटरब्याज तथा लघुवित्त पीडितहरूलाई आफ्नो समस्याको विरुद्ध अन्तिमसम्म लड्न आह्वान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीद्वारा धनुषाको ढल्केबरमा आयोजित मिटरब्याज तथा लघुवित्त पीडितहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले साे आह्वान गरेका हुन् ।

महासचिव विप्लव सीले मिटरब्याज र लघुवित्त मधेसको ठूलो समस्याको रूपमा देखापरेको बताउँदै मिटरब्याज तथा लघुवित्त पीडितहरूलाई आफ्नो समस्याको विरुद्ध अन्तिमसम्म लड्न आह्वान गर्दै उनीहरुको साथमा नेकपा रहने बताए । उनलेे भने,”तपाईंहरु आफ्नो समस्यासँग अन्तिमसम्म लड्नुहोला, हाम्रो पार्टीकाे पूर्ण साथ छ ।”उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेकपा पोलिट ब्यूरो सदस्य देवनारायण सीले मधेसमा मिटरब्याजी पीडितहरूको ठूलो सङ्ख्या रहेको जानकारी गराए । उनले पीडितहरूको पक्षमा आफ्नो पार्टी सधैँ लड्ने बताए ।

कार्यक्रममा सहभागी भएका पीडितहरूले आफूहरूले भोगेका कहालीलाग्दो ऋणको कथा सुनाएका थिए । एक पीडितले आफ्नो दुःख व्यक्त गर्दै भने, “मैले ७ हजार ऋण लिएको थिएँ, आज तिर्दा तिर्दा ६ लाख जति भयो । ऋणले हामीलाई बाँच्नु न मर्नु बनाएको छ । हाम्रो जीवन खोसिएको छ, हामी बस्ने बास पनि छैन ।”

अर्का एक पीडितले महासचिव विप्लवसामु आफ्नो पीडा सुनाउँदै भने, “थोरै पैसा लिएर चार गुणा बढी असुलेर पनि ऋणीको करोडौं सम्पत्ति रोक्का गरेर उल्टै हामी पीडितहरूलाई जेल हालेका छन् । नेकपाले हामीलाई न्याय दिनुपर्छ, यो पार्टी धेरै पीडितहरूको आवाज हो ।”

स्थानीयहरूले नेपालको सत्तानजिक रहेका सामन्तीहरूले नै जनतामाथि अन्याय गरेको गुनासो गरेका थिए । उनीहरूले राज्य पक्षबाट पीडितहरूलाई कुनै सहयोग नगरिएको बरु उल्टै जेल हालेर दुःख दिने गरेको बताए । मधेसमा मिटरब्याज तथा लघुवित्त पीडितहरूको सङ्ख्या लाखौं रहेको जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

कार्यक्रमकाे अन्तिममा सहभागी सबैले नारा जुलुस गर्दै कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमले मिटरब्याज तथा लघुवित्त पीडितहरूको समस्यालाई उजागर गर्न र उनीहरूको न्यायको लागि आवाज बुलन्द गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् । नेकपा स्थायी कमिटी सदस्य अनिल सीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन नेकपा केन्द्रीय सदस्य शिला सीले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मिटरब्याज पीडितकाे पक्षमा हाम्रो पार्टीको पूर्ण साथ रहने छ

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

मिटरब्याज पीडितकाे पक्षमा हाम्रो पार्टीको पूर्ण साथ रहने छ

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

मिटरब्याज पीडितकाे पक्षमा हाम्रो पार्टीको पूर्ण साथ रहने छ

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

मिटरब्याज पीडितकाे पक्षमा हाम्रो पार्टीको पूर्ण साथ रहने छ

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

मिटरब्याज पीडितकाे पक्षमा हाम्रो पार्टीको पूर्ण साथ रहने छ

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

मिटरब्याज पीडितकाे पक्षमा हाम्रो पार्टीको पूर्ण साथ रहने छ

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.