पोखरामा राष्ट्रिय खुल्ला वक्तृत्वकला प्रतियोगिता हुँदै

पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको आयोजनामा आगामी जेठको पहिलो साता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ।

‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले प्रतिस्पर्धा गर्न पाउनेछन्। एसईई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थीहरूलाई पनि प्रतियोगितामा सहभागी हुन अवसर दिइएको प्रतियोगिता संयोजक, पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्ने विद्यार्थीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुनेले रु ५१ हजार १ सय ५१, द्वितीय हुनेले रु ४१ हजार १ सय ४१, तृतीय हुनेले रु ३१ हजार १ सय ३१ र सान्त्वना स्थान हासिल गर्नेले रु २१ हजार १ सय २१ नगदसहित विविध सम्मान प्राप्त गर्नेछन्।

डा. खनालका अनुसार प्रतियोगितामा सहभागी विद्यार्थीहरूले देशका प्रख्यात पब्लिक स्पिकरहरूको विशेष प्रवचन र उत्प्रेरणात्मक भनाइहरू सुन्न पाउनेछन्। यसका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका बाल प्रतिभाहरू पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी र नवलपुरकी मनिषा पौडेललगायत अतिथि वक्ताको रूपमा रहनेछन् र उनीहरूलाई विशेष सम्मान गरिने कार्यक्रम पनि रहेको छ। प्रतियोगिताको मूल्याङ्कन ख्यातिप्राप्त व्यक्तित्वहरूबाट गरिने आयोजकले जनाएको छ।

कास्की बाहिरबाट सहभागी हुने विद्यार्थीहरूका लागि आउने-जाने भाडा र बस्ने व्यवस्था आयोजकले गर्नेछ। इच्छुक विद्यार्थीहरूले वैशाख मसान्तसम्म आफ्नो नाम दर्ता गराउनुपर्नेछ। प्रतियोगितामा प्रत्येक वक्तालाई आफ्नो विचार प्रस्तुत गर्न ७ मिनेटको समय दिइनेछ र प्रस्तुति सकारात्मक सन्देशमूलक हुनुपर्नेछ। एउटा विद्यालयबाट जति पनि विद्यार्थीले यस प्रतियोगितामा भाग लिन सक्नेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पोखरामा राष्ट्रिय खुल्ला वक्तृत्वकला प्रतियोगिता हुँदै

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

पोखरामा राष्ट्रिय खुल्ला वक्तृत्वकला प्रतियोगिता हुँदै

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

पोखरामा राष्ट्रिय खुल्ला वक्तृत्वकला प्रतियोगिता हुँदै

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

पोखरामा राष्ट्रिय खुल्ला वक्तृत्वकला प्रतियोगिता हुँदै

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

पोखरामा राष्ट्रिय खुल्ला वक्तृत्वकला प्रतियोगिता हुँदै

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

पोखरामा राष्ट्रिय खुल्ला वक्तृत्वकला प्रतियोगिता हुँदै

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.