तिनकुनेमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

काठमाडौं। काठमाडौंको कोटेश्वर तिनकुने सडकमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा नुवाकोट घर भई हाल ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छन्। उनी मोटरसाइकलमा पछाडि सवार थिइन्।

दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त कोटेश्वरका अनुसार बिहान ६ः३५ बजे कोटेश्वरमा सडकको रातो बत्तीमा रोकिरहेको बा प्र ०१-०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र. ०२-०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट बा३ख ७०६२ नम्बरको बसले ठक्कर दिएको थियो।

प्रहरीले बसका चालक इलामको सूर्योदय नगरपालिका-५ का ५९ वर्षीय रामकुमार खड्कालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

तिनकुनेमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

तिनकुनेमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

तिनकुनेमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

तिनकुनेमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

तिनकुनेमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

तिनकुनेमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.