२०८३ भाद्र २३, मंगलवार १२:५८
२०८३ भाद्र २३, मंगलवार १२:५८
काठमाडौँ, भदौ २३ गते । दृष्टिविहीन तथा न्यून दृष्टि भएका युवाहरूको वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँमा आयोजित सेयर बजारसम्बन्धी दुईदिने कार्यक्रम सम्पन्न भएको छ। नेत्रहीन युवा सङ्घ नेपाल, उपत्यका शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा दृष्टिसम्बन्धी अपाङ्गता भएका २१ जना युवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई सेयर बजारसम्बन्धी आधारभूत ज्ञानसँगै प्राथमिक बजार र दोस्रो बजारबीचको अन्तर, दोस्रो बजारमा लगानी गर्दा हुनसक्ने जोखिम तथा लगानीका क्रममा अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जानकारी दिइएको थियो। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सहजकर्ता शिव अग्रवाल र कुशल न्यौपानेले सहभागीहरूले राखेका जिज्ञासाका आधारमा सेयर बजार तथा वित्तीय साक्षरतासम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गरेका थिए। कार्यक्रममा बोल्दै नेत्रहीन युवा…