अनिश चौधरी

27 Posts
दृष्टिविहीन युवाहरूका लागि ‘AI साक्षरता’ कार्यक्रम सम्पन्न

दृष्टिविहीन युवाहरूका लागि ‘AI साक्षरता’ कार्यक्रम सम्पन्न

​काठमाडौँ, पुस ५ गते । प्रविधिको बढ्दो प्रयोगसँगै दृष्टिविहीन युवाहरूलाई आधुनिक प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले काठमाडौँको सुकेधारास्थित युनिभर्सल क्याफेमा एकदिने 'AI साक्षरता' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ​प्लान इन्टरनेशनलको आर्थिक सहयोग तथा युवालय र नेत्रहीन युवा सङ्घ नेपाल उपत्यका शाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो। नेत्रहीन युवा सङ्घ नेपाल उपत्यका शाखाकी अध्यक्ष एवं प्लान इन्टरनेशनलको 'युथ एड्भाइजरी परिषद्' सदस्य रोशनी अधिकारीले प्रस्तुत गरेको प्रस्ताव (Proposal) स्वीकृत भएसँगै यो विशेष कार्यक्रम सञ्चालनमा आएको हो। ​परिवर्तित विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग गरी शैक्षिक तथा पेशागत कार्यहरूलाई सहज बनाउन र यसका सम्भावित नकारात्मक असरहरूबाट बच्ने बारे कार्यक्रम केन्द्रित थियो। ब्राह्मण,…
Read More
रत्ननगरमा अपाङ्गता भएका युवाको रोजगारी संयोजन सम्बन्धी कार्यक्रम सम्पन्न

रत्ननगरमा अपाङ्गता भएका युवाको रोजगारी संयोजन सम्बन्धी कार्यक्रम सम्पन्न

चितवन, मंसिर २८ गते। रत्ननगर नगरपालिकाको आर्थिक सहयोग मा नेत्रहीन युवा संघ नेपाल, जिल्ला शाखा चितवनले आयोजना गरेको अपाङ्गता भएका युवाहरूको रोजगारी संयोजन तथा सक्षमता प्रदर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ​मङ्सिर २६ र २७ गते दुई दिनसम्म सञ्चालित कार्यक्रममा नगरभित्रका विभिन्न अपाङ्गता भएका युवा तथा रोजगारदाताका रूपमा संघसंस्था र व्यवसायी व्यक्तित्वहरूको सहभागिता रहेको थियो। नगर प्रमुख प्रहलाद सापकोटाले उद्घाटन गर्नुभएको कार्यक्रमको समापन वडा नम्बर १ का सदस्य गिरिराज लम्सालको प्रमुख आतिथ्यमा संस्थाका अध्यक्ष किरण पन्तले गरेका थिए। ​कार्यक्रममा विज्ञहरूले अपाङ्गताको परिचय, रोजगारीको कानुनी व्यवस्था, बैंक तथा वित्तीय संस्थाको भूमिका, स्वरोजगारका लागि पुँजी, सहुलियत र रोजगारीमा अपाङ्गता भएका व्यक्तिहरूको हक,…
Read More
सेतो छडीसँग जोडिएको स्वतन्त्रताको उज्यालो सङ्केत

सेतो छडीसँग जोडिएको स्वतन्त्रताको उज्यालो सङ्केत

टिकापुर,कैलाली, अशोज २९ गते । हरेक वर्ष अक्टोबर १५ तारिकमा मनाइने सेतो छडी सुरक्षा दिवस २०२५ कुनै सामान्य दिवस मात्र होइन; यो त स्वतन्त्रताको उद्घोष हो, पहुँच र सम्मानको लागि एउटा शक्तिशाली आन्दोलन हो। दृष्टिविहीन व्यक्तिहरूको लागि सेतो छडी एउटा केवल उपकरण मात्र होइन, यो आत्मविश्वास र सुरक्षित जीवनको प्रतीक हो। यस दिवसले दृष्टिविहीनहरूलाई आफ्ना अधिकार, सुरक्षित हिँडडुलको आवश्यकता, र समाजमा पूर्ण रूपमा सहभागी हुने सम्मानको महत्त्वमा जोड दिन्छ। यो दिवसले हामी सबैलाई एक समावेशी संसारको निर्माणका लागि एकसाथ उभिन आह्वान गर्दछ, जहाँ सबैले समान अवसर र सम्मान पाउँछन्। यस दिवसको महत्त्वलाई अझ गहिराइमा बुझ्नका लागि हामी कल्पना गरौँ एक…
Read More
नयाँ दशैं गीत ‘दशैं आयो बडा दशैं’ सार्वजनिक

नयाँ दशैं गीत ‘दशैं आयो बडा दशैं’ सार्वजनिक

काठमाडौं, अशोज १२ गते । नेपाली साङ्गीतिक क्षेत्रमा युवा प्रतिभा यु जेन महर्जन र सुनिता हर्मेलको सुमधुर स्वरमा सजिएको नयाँ दशैं गीत 'दशैं आयो बडा दशैं' केही दिनअघि सार्वजनिक भएको छ। मीरा अधिकारीको शब्द र रमेश सुवेदीको सङ्गीत रहेको यो गीतलाई डील्ली राम दुलाल र सुरोज आचार्य (SD Music Production) ले सङ्गीत संयोजन गरेका छन्। गीतलाई गायक यु जेन महर्जनको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। दशैंको उमङ्ग बोकेको यो गीतको आधिकारिक लिङ्क तल दिइएको छ: https://youtu.be/UF-1mqCb5AU?si=781oEojg3GGpX8HF दशैंको माहोलमा यो रमाइलो गीतले श्रोताहरूको मन जित्ने अपेक्षा गरिएको छ।
Read More
जलवायु परिवर्तनको मारमा अपाङ्ग समुदाय

जलवायु परिवर्तनको मारमा अपाङ्ग समुदाय

काठमाडौं, अशोज ८ गते । हामीले सामान्य रूपमा लिँदै आएको जलवायु परिवर्तनले अहिले विश्व आक्रान्त बनेको छ। समस्या नै समस्यासँग जुधिरहेको विश्व समाजमा जलवायु परिवर्तन एक गम्भीर संकटका रूपमा देखापरेको छ। मनसुनी र मानव सिर्जित विपत्का अलावा बाढी, पहिरो तथा असामान्य मौसमी घटना जलवायु परिवर्तनको मौलाउँदो स्थितिलाई देखाउन पर्याप्त छन्। संयुक्त राष्ट्रसङ्घ (यूएनओ) ले पनि जलवायु परिवर्तनलाई विश्वको अस्तित्वको खतरासँग जोडेर हेर्ने गरेको छ। यसको असर झन् धेरै देखिएको छ। यहाँ हरेक वर्ष बाढी, पहिरो तथा हिमताल विस्फोटलगायत प्राकृतिक प्रकोपले गर्दा आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा असर परेको छ। अझ विशेषगरी, यसको असर विश्व स्वास्थ्य संगठनले संसारको कुल जनसङ्ख्याको १६…
Read More
​ललितपुरमा ‘सबल विश्व दृष्टिकोण’ तालिम सम्पन्न: सहिष्णुता र सद्भाव अभिवृद्धिमा जोड दिने उद्देश्य

​ललितपुरमा ‘सबल विश्व दृष्टिकोण’ तालिम सम्पन्न: सहिष्णुता र सद्भाव अभिवृद्धिमा जोड दिने उद्देश्य

​ललितपुर। विश्वदृष्टिकोण र आपसी सहिष्णुता बढाउने उद्देश्यका साथ ललितपुरको पुलचोकस्थित सांग्रिला ब्लु होटलमा आयोजना गरिएको 'सबल विश्व दृष्टिकोण' तालिम सफलतापूर्वक सम्पन्न भएको छ। साउन २५ गतेदेखि सुरु भएको चार दिने प्रशिक्षण कार्यक्रम साउन २८ गते सम्पन्न भएको हो। निरन नेपाल, असल छिमेकी नेपाल, र वर्ल्ड भिजनको सहकार्यमा तालिम सञ्चालन गरिएको थियो। ​'प्रशिक्षक प्रशिक्षण' मूल नाराका साथ सञ्चालित यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा व्याप्त विकृति र कुरीति हटाउँदै विभिन्न धर्म समुदायका मानिसहरूबीच सद्भाव र सहिष्णुता कायम गर्नु रहेको छ। हाल यो कार्यक्रम बालाजु र कीर्तिपुर नगरपालिकामा केन्द्रित भएर सञ्चालन गरिएको छ। तालिममा विभिन्न अपाङ्गता भएका व्यक्ति, धर्मगुरु तथा विभिन्न धर्मका अनुयायीहरूको…
Read More
दृष्टिविहीनका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, ‘स्वाभिमान बचत खाता’ को सुरुवात

दृष्टिविहीनका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, ‘स्वाभिमान बचत खाता’ को सुरुवात

काठमाडौँ। सर्वोदय समावेशी अक्षर र अनुसन्धान संस्थाले दृष्टिविहीन व्यक्तिहरूका लागि लक्षित वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। हिजो (जेठ) ३१ गते, शनिबार) धुम्बाराहीस्थित नेसनल कलेजमा आयोजित उक्त कार्यक्रममा कामना सेवा विकास बैंकले समन्वय गरेको थियो। कार्यक्रममा कामना सेवा विकास बैंकका सियासार विभाग प्रमुख सुशील पौडेलले सहजकर्ताको भूमिका निभाउँदै वित्तीय साक्षरताका विभिन्न पक्षहरूमाथि प्रकाश पारेका थिए। यस कार्यक्रमको मुख्य आकर्षण नेपालमै पहिलोपटक कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरूका लागि ल्याएको 'लक्षित स्वाभिमान बचत खाता' बारे विस्तृत जानकारी गराउनु थियो। सो अवसरमा उपस्थित थुप्रै दृष्टिविहीन व्यक्तिहरूले उक्त 'लक्षित स्वाभिमान बचत खाता' खोलेका थिए, जसले उनीहरूमा वित्तीय पहुँच अभिवृद्धि गर्न सहयोग पुग्ने…
Read More
जलवायु परिवर्तन र विपद् व्यवस्थापन तालिम सुरु, अपाङ्गता भएका युवा सशक्तिकरणमा केन्द्रित

जलवायु परिवर्तन र विपद् व्यवस्थापन तालिम सुरु, अपाङ्गता भएका युवा सशक्तिकरणमा केन्द्रित

काठमाडौँ। अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा क्रियाशील संस्था ब्लाइन्ड युथ एसोसिएसन नेपाल (बायन) ले युनेस्कोको सहयोगमा काठमाडौँमा तीन दिने जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धी तालिम आजदेखि सुरु गरेको छ। यस तालिममा बहिरा, दृष्टिविहीन र शारीरिक अपाङ्गता भएका गरी कुल १५ जना सहभागीहरुको सहभागिता रहेकोछ। बायनका निर्देशक निर श्रेष्ठले अन्तर्वार्तामार्फत छनोट गरिएका १५ जना सहभागीहरूलाई तीन दिनको तालिमपछि समुदायमा जलवायु परिवर्तन र विपद् व्यवस्थापनबारे चेतना फैलाउने र पैरवी गर्ने कार्यमा अग्रसर गराइने बताउनुभयो। तालिमको सहजीकरण जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा लामो समय काम गरेर अनुभव सँगाल्नु भएका अभियान्ता नवीन दाहालले गरिरहनु भएको छ। यो कार्यक्रम ठमेलस्थित मनाङ होटलमा आइतबारसम्म सञ्चालन…
Read More
भारतमा आँधीको वितण्डा: उत्तर प्रदेशमा १४ जनाको मृत्यु

भारतमा आँधीको वितण्डा: उत्तर प्रदेशमा १४ जनाको मृत्यु

नयाँ दिल्ली। बुधबार साँझ भारतका विभिन्न क्षेत्रमा आएको आँधीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बीबीसी संवाददाता सैयद मोजिज इमामका अनुसार, आँधीका कारण उत्तर प्रदेशमा कम्तीमा १४ जनाको ज्यान गएको छ। भारतीय मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि सतर्कता (अलर्ट) जारी गरेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जालमा सम्बन्धित अधिकारीहरूलाई तत्काल राहत कार्य सम्पन्न गर्न निर्देशन दिएको छ। बुधबारको आँधीबाट उत्तर प्रदेशका साथै राजधानी दिल्लीका धेरै क्षेत्रहरू पनि प्रभावित भएका छन्। दिल्लीमा धेरै रुखहरू ढलेर सवारी साधनमा क्षति पुगेको थियो। यसबाट विभिन्न क्षेत्रमा यातायात अवरुद्ध भई मेट्रो सेवामा समेत असर परेको थियो।
Read More
अभिनेत्री सुहाना थापा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण

अभिनेत्री सुहाना थापा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण

काठमाडौं। अभिनेत्री सुहाना थापाले अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयबाट परामर्श तथा चिकित्सा मनोविज्ञान विषयमा स्नातकोत्तर (मास्टर्स) उत्तीर्ण गरेकी छिन्। उनी हालै सोही विश्वविद्यालयमा दीक्षित भएकी हुन्। छोरी मनोविज्ञ बनेकोमा सुहानाका बुवा तथा फिल्म निर्माता सुनिलकुमार थापाले खुसी व्यक्त गरेका छन्। उनले यस क्षणलाई आफ्नो जीवनको अविस्मरणीय बताएका छन्। थापाले शिक्षा र संस्कारलाई सन्तानका लागि अमूल्य सम्पत्ति भएको भन्दै छोरीको समर्पण र मेहनतको प्रशंसा गरेका छन्। सुहानाको दीक्षान्त समारोहमा सहभागी हुन उनकी आमा तथा फिल्म निर्देशक झरना थापा पनि न्यूयोर्कमा छिन्। आमा-छोरी शुक्रबार नेपाल फर्कँदैछन्। नेपाल फर्केपछि उनीहरू होमप्रोडक्सन फिल्म ‘ए मेरो हजुर ५’ को तयारीमा जुट्नेछन्। भदौदेखि छायांकन सुरु हुने यस…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.