चितवनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न

भरतपुर, फागुन १२ गते । निर्वाचन प्रक्रियालाई समावेशी र पहुँचयुक्त बनाउने उद्देश्यका साथ चितवनमा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष ‘मतदाता शिक्षा तथा नमुना मतदान’ कार्यक्रम सम्पन्न भएको छ। नेत्रहीन युवा संघ नेपाल चितवन शाखाको आयोजना र जिल्ला निर्वाचन कार्यालय चितवनको प्राविधिक सहयोगमा मंगलबार भरतपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

​कार्यक्रमको उद्घाटन गर्दै नेत्रहीन युवा संघ नेपाल चितवन शाखाका अध्यक्ष किरण पन्तले निर्वाचनको महत्त्व, नागरिकको मताधिकार र समावेशी लोकतन्त्रमा अपाङ्गता भएका व्यक्तिको भूमिकाबारे प्रकाश पार्दै प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको भिन्नता र यसमा सहभागी हुनुपर्ने आवश्यकताका विषयमा सहभागीहरूलाई जानकारी दिएका थिए।

यस्तै, नेत्रहीन युवा संघ नेपालका प्रमुख सल्लाहकार कलाधर भण्डारीले मतदान र मतगणनाका कानुनी प्रावधान, निर्वाचन आचारसंहिता तथा मत सदर र बदर हुने अवस्थाका बारेमा प्रस्तुति दिनुका साथसाथै पछिल्लो समय सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना, घृणास्पद अभिव्यक्ति र दुष्प्रचारका चुनौतीबारे उदाहरणसहित समूहगत छलफल समेत गराएका थिए।

​सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रूपमा बुझाउन निर्वाचन आयोगबाट खटिएका स्वयंसेविका सरस्वती रिजाल र कल्पना थापाले सहभागीहरूलाई मतपत्र पट्याउने सही तरिका, स्वस्तिक छापको प्रयोग र मतदानका चरणहरूबारे अभ्यास गराएका थिए। प्रशिक्षणपश्चात् अध्यक्ष पन्तको नेतृत्वमा एक नमुना मतदान केन्द्र नै निर्माण गरी वास्तविक निर्वाचनको झल्को दिने गरी अभ्यास गरिएको थियो।

जसमा दृष्टिविहीन, शारीरिक अपाङ्गता, बौद्धिक अपाङ्गता र अटिजमसहित आठ विभिन्न प्रकारका अपाङ्गता भएका ३२ जना व्यक्ति तथा अभिभावकहरूले मतदाता नामावली रुजु गर्ने, परिचयपत्र देखाउने, नङमा मसी लगाउने र गोप्य रूपमा मत संकेत गरी मतपेटिकामा खसाल्ने कार्यको अनुभव लिएका थिए।

नमुना मतदानको समापनपछि मतपेटिकालाई सिल गरी सुरक्षित तवरले मतगणना स्थलसम्म पुर्‍याएर गणना समेत गरिएको थियो। यस किसिमको अभ्यासले मतदानका क्रममा हुनसक्ने प्राविधिक गल्तीहरू कम गर्न र अपाङ्गता भएका मतदाताहरूमा निर्वाचनप्रति आत्मविश्वास बढाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास अध्यक्ष पन्तले व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

चितवनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

चितवनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न

अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु

चितवनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

चितवनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न

बकैया गाउँपालिका–४ मा सडक निर्माणका लागि जुरेली–सिमात खण्ड अनिश्चितकालका लागि बन्द

चितवनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न

सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

चितवनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न

राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन नगर प्रमुख लामाको जोड

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.