रत्ननगरमा अपाङ्गता भएका युवाको रोजगारी संयोजन सम्बन्धी कार्यक्रम सम्पन्न

चितवन, मंसिर २८ गते। रत्ननगर नगरपालिकाको आर्थिक सहयोग मा नेत्रहीन युवा संघ नेपाल, जिल्ला शाखा चितवनले आयोजना गरेको अपाङ्गता भएका युवाहरूको रोजगारी संयोजन तथा सक्षमता प्रदर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

​मङ्सिर २६ र २७ गते दुई दिनसम्म सञ्चालित कार्यक्रममा नगरभित्रका विभिन्न अपाङ्गता भएका युवा तथा रोजगारदाताका रूपमा संघसंस्था र व्यवसायी व्यक्तित्वहरूको सहभागिता रहेको थियो। नगर प्रमुख प्रहलाद सापकोटाले उद्घाटन गर्नुभएको कार्यक्रमको समापन वडा नम्बर १ का सदस्य गिरिराज लम्सालको प्रमुख आतिथ्यमा संस्थाका अध्यक्ष किरण पन्तले गरेका थिए।

​कार्यक्रममा विज्ञहरूले अपाङ्गताको परिचय, रोजगारीको कानुनी व्यवस्था, बैंक तथा वित्तीय संस्थाको भूमिका, स्वरोजगारका लागि पुँजी, सहुलियत र रोजगारीमा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र कर्तव्यबारे जानकारी गराएका थिए।

यसै क्रममा रिजाल फुड इन्डस्ट्रीज ले आफ्नो आगामी रोजगारीमा एकजना अपाङ्गता भएका व्यक्तिलाइ समेट्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

रत्ननगरमा अपाङ्गता भएका युवाको रोजगारी संयोजन सम्बन्धी कार्यक्रम सम्पन्न

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

रत्ननगरमा अपाङ्गता भएका युवाको रोजगारी संयोजन सम्बन्धी कार्यक्रम सम्पन्न

अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु

रत्ननगरमा अपाङ्गता भएका युवाको रोजगारी संयोजन सम्बन्धी कार्यक्रम सम्पन्न

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

रत्ननगरमा अपाङ्गता भएका युवाको रोजगारी संयोजन सम्बन्धी कार्यक्रम सम्पन्न

बकैया गाउँपालिका–४ मा सडक निर्माणका लागि जुरेली–सिमात खण्ड अनिश्चितकालका लागि बन्द

रत्ननगरमा अपाङ्गता भएका युवाको रोजगारी संयोजन सम्बन्धी कार्यक्रम सम्पन्न

सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

रत्ननगरमा अपाङ्गता भएका युवाको रोजगारी संयोजन सम्बन्धी कार्यक्रम सम्पन्न

राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन नगर प्रमुख लामाको जोड

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.