मौसम

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हेटौंडा, साउन ८ गते । आज सार्वजनिक गरिएको जल तथा मौसम विभागको मौसम पूर्वानुमानअनुसार आगामी शनिबारसम्म देशका केही स्थानमा तथा आइतबारदेखि बिहीबारसम्म धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ। विभागका अनुसार विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा थप सक्रिय हुने देखिएको छ। तराई क्षेत्रमा शनिबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आइतबारदेखि मंगलबारसम्म यी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने तथा बुधबार र बिहीबार पुनः एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यसैगरी मधेश प्रदेशमा आइतबारदेखि मंगलबारसम्म एक स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा…
Read More
६ घण्टामा लमजुङमा सर्वाधिक वर्षा, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा वर्षा जारी

६ घण्टामा लमजुङमा सर्वाधिक वर्षा, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा वर्षा जारी

काठमाडौं, साउन ६ गते । पछिल्लो ६ घण्टामा देशका विभिन्न स्थानमा उल्लेखनीय वर्षा मापन भएको छ। जल तथा मौसमसम्बन्धी अद्यावधिक विवरणअनुसार सबैभन्दा बढी वर्षा लमजुङको खुदी बजार र भुजुङ क्षेत्रमा ७४.८ मिलिमिटर रेकर्ड गरिएको छ। त्यसैगरी सिन्धुपाल्चोकको चाँदारकुमा ६६.८ मिलिमिटर तथा दोलखाको लामाबगरमा ६४ मिलिमिटर वर्षा मापन भएको छ। यी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले स्थानीय बाढी, पहिरो तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। मंगलबार राति ११ः०५ बजेसम्मको विवरणअनुसार हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। यस्तै कोशी र कर्णाली प्रदेशका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मध्यम…
Read More
पाँच प्रदेशमा बदलीसँगै वर्षा, पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङको सम्भावना

पाँच प्रदेशमा बदलीसँगै वर्षा, पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङको सम्भावना

काठमाडौं, असार ३० गते । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भूभागमा मौसम बदली रहँदा विभिन्न प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति ११ः१५ बजेसम्मको मौसम अवस्थाअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसमसम्बन्धी विवरणमा उल्लेख गरिएको छ। हाल कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ। सम्बन्धित निकायले वर्षा भइरहेका तथा वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता…
Read More
४४ जिल्लामा आकस्मिक बाढीको जोखिम, जल तथा मौसम विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम, जल तथा मौसम विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, असार ३० गते । जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहने पूर्वानुमान सार्वजनिक गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट र सर्लाहीलगायत जिल्लामा पर्ने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र आकस्मिक बाढीको उच्च जोखिम रहने जनाएको छ। त्यस्तै, गोरखा, लमजुङ, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया र कैलालीलगायत जिल्लामा पनि…
Read More
लगातार वर्षाले देशभर सतर्कता : काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा रातभर पानी पर्ने सम्भावना

लगातार वर्षाले देशभर सतर्कता : काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा रातभर पानी पर्ने सम्भावना

काठमाडौँ, असार १८ गते । बिहीबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित आस-पासका पहाडी जिल्लामा परेको भारी वर्षापछि रातिको समयमा पनि देशका विभिन्न भागमा वर्षा जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । मनसुनी प्रणाली सक्रिय बनेसँगै विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ । विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कर्णाली प्रदेशका पहाडी भूभाग तथा मधेस र कोशी प्रदेशका पहाडी एवं तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको महाशाखाले…
Read More
हावाहुरी र असिनासहितको वर्षाले हेटौडा प्रभावित, महोत्सव कार्यक्रम स्थगित

हावाहुरी र असिनासहितको वर्षाले हेटौडा प्रभावित, महोत्सव कार्यक्रम स्थगित

हेटौँडा, चैत ६ गते । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो जारी गरेको चेतावनीअनुसार आज देशका विभिन्न स्थानमा प्रतिकूल मौसम देखिएको छ। सोही मौसमी प्रणालीको प्रभाव मकवानपुर जिल्लाको हेटौडामा पनि प्रत्यक्ष रूपमा परेको छ। हावाहुरी, बतास, असिना तथा वर्षासहित आएको तीव्र मौसमी वायु प्रणालीका कारण हेटौडाको जनजीवन प्रभावित बनेको छ। विशेषगरी हेटौडामा गत फागुन २९ गतेदेखि सञ्चालनमा रहेको दोस्रो बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव २०८२ मा पनि यसको असर देखिएको छ। मेला प्राङ्गण आसपासका विभिन्न टहरा तथा आकर्षणका संरचना, विशेषगरी ‘लन्डन ब्रिज’ मा क्षति पुगेको देखिएको छ। खराब मौसमकै कारण आजका लागि तय गरिएको चर्चित लोकदोहोरी गायिका…
Read More
दुई दिन देशभर प्रतिकूल मौसमको चेतावनी, हावाहुरी र हिमपातको जोखिम बढ्दो

दुई दिन देशभर प्रतिकूल मौसमको चेतावनी, हावाहुरी र हिमपातको जोखिम बढ्दो

काठमाडौं, चैत्र ५ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ। यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत दाङ र नेपालगञ्ज आसपासका तराई क्षेत्रसहित पूर्वी नेपालका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको उल्लेख गरिएको छ। हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने जोखिमका साथै विद्युत् तथा सञ्चार सेवा अवरुद्ध…
Read More
पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय: देशभर आंशिक बदली, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय: देशभर आंशिक बदली, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं, चैत्र ३ गते । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहँदा मौसममा परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि मध्यम बदली छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ। हाल कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भइरहेको जानकारी दिइएको छ। महाशाखाले आज दिउँसो पनि देशका हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का…
Read More
विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउनुपर्छ : गृह सचिव श्रेष्ठ

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउनुपर्छ : गृह सचिव श्रेष्ठ

काठमाडौँ, फागुन २६ गते । गृह सचिव राज कुमार श्रेष्ठले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रभावकारी बनाउन स्थानीय तहलाई अझ बलियो र जिम्मेवार बनाउनु आवश्यक रहेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अवलोकन तथा निरीक्षण भ्रमणका क्रममा सचिव श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि आवश्यक स्रोत–साधनको व्यवस्था तथा प्राविधिक सहयोग भने प्रदेश र संघ सरकारले गर्नुपर्ने धारणा व्यक्त गरे। उनले गत साता सम्पन्न प्रतिनिधि सभा निर्वाचनको सन्दर्भ उल्लेख गर्दै निर्वाचनको समयमा मौसम कस्तो रहने भन्ने विषयमा चासो बढिरहेको अवस्थामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानले महत्वपूर्ण सहयोग पुगेको बताए। मौसम पूर्वानुमानको विश्वसनीयताको…
Read More
पश्चिमी वायुको प्रभावले फेरि देशभर बदली, उच्च हिमाली क्षेत्रमा हिमपात

पश्चिमी वायुको प्रभावले फेरि देशभर बदली, उच्च हिमाली क्षेत्रमा हिमपात

काठमाडौं, कात्तिक १८ गते । अरब सागरमा विकसित मौसमी प्रणाली र पश्चिमी वायुको सक्रियताका कारण देशको अधिकांश भागमा पुनः बदली भएको छ। केही दिन अगाडि खुलेको मौसम फेरि मन्द पश्चिमी वायुको प्रभावले क्रमशः सुदूरपश्चिमदेखि काठमाडौँ उपत्यकासम्म असर पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहानदेखि सुदूरपश्चिम क्षेत्रबाट शुरू भएको पश्चिमी वायु क्रमशः कर्णाली, गण्डकी हुँदै बागमती प्रदेशसम्म फैलिँदै गएको छ। बाजुरा, रुकुम, मनाङ लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्यम स्तरको हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपटकको पश्चिमी वायुको प्रभाव कमजोर भएकाले ठूलो वर्षा वा व्यापक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.