कास्कीको लामापाटनमा ६५ मिलिमिटर भारी वर्षा, विभिन्न प्रदेशमा थप वर्षाको सम्भावना

काठमाडौं, असोज ८ गते । पछिल्लो तीन घण्टामा कास्की जिल्लाको लामापाटनमा ६५ मिलिमिटर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो अवधिमा लामापाटनमा सबैभन्दा धेरै वर्षा मापन गरिएको हो।

बुधबार राति ११ः४० बजे जारी मौसम अपडेटअनुसार हाल कोशी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। त्यस्तै, बागमती, लुम्बिनी र मधेस प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मध्यमसम्मको वर्षा भइरहेको विभागले जनाएको छ।

वर्षा भइरहेको तथा आसपासका क्षेत्रमा थप वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यसैले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

विभागका अनुसार वर्षाका कारण स्थानीय स्तरमा सडक तथा यातायात प्रभावित हुनसक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले यात्रा तथा दैनिक गतिविधिमा सावधानी अपनाउन आवश्यक छ।

थप विवरणका लागि जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिन हेर्न सकिन्छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.