अर्घाखाँचीमा एक घण्टामै २९.८ मिलिमिटर वर्षा, लुम्बिनीमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, असोज ३ गते । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो एक घण्टामा लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लाको सिमलपानी आसपास सबैभन्दा धेरै वर्षा भएको जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो १ः१५ बजेसम्म सिमलपानी आसपास पछिल्लो एक घण्टामा २९.८ मिलिमिटर वर्षा मापन भएको छ।

त्यस्तै, पाँचथर, सिन्धुपाल्चोक, गोरखा, म्याग्दी, गुल्मी, पाल्पा, दाङ र डोटी जिल्लाका केही स्थानमा समेत हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा गराउने प्रणाली थप विकसित हुँदै उत्तर–पूर्वतर्फ सर्दै गएको छ। उक्त प्रणालीका कारण आसपासका क्षेत्रमा समेत वर्षा हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने तथा नदीखोला र खोल्सामा पानीको बहाव बढ्न सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.