Day: २०८३ आश्विन ३, शनिबार १३:३८

अर्घाखाँचीमा एक घण्टामै २९.८ मिलिमिटर वर्षा, लुम्बिनीमा मेघगर्जनसहित वर्षाको सम्भावना

अर्घाखाँचीमा एक घण्टामै २९.८ मिलिमिटर वर्षा, लुम्बिनीमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, असोज ३ गते । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो एक घण्टामा लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लाको सिमलपानी आसपास सबैभन्दा धेरै वर्षा भएको जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो १ः१५ बजेसम्म सिमलपानी आसपास पछिल्लो एक घण्टामा २९.८ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, पाँचथर, सिन्धुपाल्चोक, गोरखा, म्याग्दी, गुल्मी, पाल्पा, दाङ र डोटी जिल्लाका केही स्थानमा समेत हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा गराउने प्रणाली थप विकसित हुँदै उत्तर–पूर्वतर्फ सर्दै गएको छ। उक्त प्रणालीका कारण आसपासका क्षेत्रमा समेत वर्षा हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा…
Read More
मध्यवर्ती क्षेत्र हटाउन माग गर्दै हेटौँडा–१२, १३ र १४ का बासिन्दा आन्दोलित, संघर्ष समिति गठन

मध्यवर्ती क्षेत्र हटाउन माग गर्दै हेटौँडा–१२, १३ र १४ का बासिन्दा आन्दोलित, संघर्ष समिति गठन

हेटौँडा, असोज ३ गते । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रबाट हेटौँडा उपमहानगरपालिका–१२, १३ र १४ लाई हटाउन माग गर्दै मध्यवर्ती क्षेत्रविरुद्ध संघर्ष समितिले हेटौँडा–१३ पदमपोखरीस्थित पदमचोकमा बृहत् पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक सोबिन थिङले मध्यवर्ती क्षेत्र घोषणापछि स्थानीय बासिन्दाले भोग्दै आएका समस्या र त्यसबाट परेको प्रभावबारे लिखित वक्तव्य प्रस्तुत गर्दै सरकारसँग उक्त क्षेत्रको निर्णय पुनरावलोकन गर्न माग गरे। संघर्ष समितिले तत्कालीन पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रअन्तर्गत हेटौँडा–१२, १३ र १४ लाई समेट्ने गरी गरिएको मन्त्रिपरिषद्को निर्णय तथा पछि पर्सा राष्ट्रिय निकुञ्ज कायम गर्ने निर्णय बदर वा उल्टाउनुपर्ने एकसूत्रीय माग अघि सारेको छ। संयोजक थिङका अनुसार विसं…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.