सरसफाइमा लापरबाही भेटिएपछि हेटौँडाको स्मारक होटललाई २५ हजार रुपैयाँ जरिवाना

हेटौँडा, असार ३० गते । हेटौँडा उपमहानगरपालिका–११ स्थित स्मारक होटललाई सरसफाइमा लापरबाही गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले २५ हजार रुपैयाँ जरिवाना गरेको छ।

जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा होटलमा खाना पकाउने र भाँडा माझ्ने स्थान एउटै रहेको तथा न्यूनतम सरसफाइका मापदण्डसमेत पालना नगरेको भेटिएको जनाएको छ।

अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने अवस्था देखिएपछि होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।

यससँगै होटल व्यवस्थापनलाई तत्काल सरसफाइको अवस्था सुधार गर्न, खाना तयारी तथा भान्सा व्यवस्थापनलाई मापदण्डअनुसार व्यवस्थित बनाउन र सुधारका लागि अपनाइएका व्यवस्थाबारे प्रशासनलाई जानकारी गराउन निर्देशन दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित होटल तथा रेस्टुरेन्टहरूले सरसफाइका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने भन्दै अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.