भन्सार छली गरी ल्याइएका ५ थान आईफोनसहित पर्साका २७ वर्षीय युवक मकवानपुरमा पक्राउ

हेटौँडा, कार्तिक १९ गते । मकवानपुर प्रहरीले भन्सार छली गरी अवैध रूपमा ल्याइएको ५ थान आईफोनसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

आज बिहान करिब ११ः३० बजेको समयमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टमा खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त आईफोन बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले सुमो चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१ निवासी करिब २७ वर्षीय विक्की कुमार साहको साथबाट बिलबिजक नभएका ५ थान आईफोन–१३ फेला पारेको थियो।

प्रहरीले बरामद गरिएका आईफोनसहित साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

भन्सार छली गरी बिलबिजकबिना सामान ओसारपसार गर्ने गतिविधि नियन्त्रण गर्ने क्रममा प्रहरीले उक्त सफलता हात पारेको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.