Day: २०८३ कार्तिक १९, बिहीबार १९:२०

भन्सार छली गरी ल्याइएका ५ थान आईफोनसहित पर्साका २७ वर्षीय युवक मकवानपुरमा पक्राउ

भन्सार छली गरी ल्याइएका ५ थान आईफोनसहित पर्साका २७ वर्षीय युवक मकवानपुरमा पक्राउ

हेटौँडा, कार्तिक १९ गते । मकवानपुर प्रहरीले भन्सार छली गरी अवैध रूपमा ल्याइएको ५ थान आईफोनसहित एक जनालाई नियन्त्रणमा लिएको छ। आज बिहान करिब ११ः३० बजेको समयमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टमा खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त आईफोन बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले सुमो चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१ निवासी करिब २७ वर्षीय विक्की कुमार साहको साथबाट बिलबिजक नभएका ५ थान आईफोन–१३ फेला पारेको थियो। प्रहरीले बरामद गरिएका आईफोनसहित साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ। भन्सार छली…
Read More
लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

हेटौँडा, कार्तिक १९ गते । मकवानपुरमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने दुई जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहान करिब ११:३० बजे हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टमा गरिएको संयुक्त सवारी जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी रातोमाटे र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ५१ जना सवारी चालकको चेकजाँच गरेको थियो। सोही क्रममा दुई जना चालकले लागू पदार्थ सेवन गरेको परीक्षणबाट पुष्टि भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लागू पदार्थ सेवन गरेको पोजेटिभ रिपोर्ट आउनेमा ना.१ ज.१९२२ नम्बरको सवारी साधनका चालक, रौतहटको परोहा नगरपालिका–५ नमनगढाका २१…
Read More
अदालतबाट सजाय तोकिएका दुई फरार प्रतिवादी पक्राउ

अदालतबाट सजाय तोकिएका दुई फरार प्रतिवादी पक्राउ

हेटौँडा, कार्तिक १९ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो। पक्राउ पर्नेमा लागूऔषध मुद्दामा सम्मानित जिल्ला अदालतबाट दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएका हेटौँडा उपमहानगरपालिका–५ निवासी २८ वर्षीय अब्दुल अन्सारी रहेका छन्। त्यस्तै, वैदेशिक कसुर मुद्दामा फरार रहेका हेटौँडा उपमहानगरपालिका–४ निवासी आदित्य शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.