मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

मनहरी, साउन ५ गते । मनहरी गाउँपालिकाले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी तथा मेरुदण्ड पक्षघात भई उपचाररत बिरामीहरूको मासिक औषधि उपचार खर्च सम्बन्धी सेवा सुविधा निरन्तरता र नयाँ दर्ताका लागि सूचना जारी गरेको छ।

गाउँ कार्यपालिकाको कार्यालय रजैयाले जारी गरेको सूचनाअनुसार गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने तथा हाल मासिक औषधि उपचार खर्च सुविधा लिइरहेका बिरामीहरूले आर्थिक वर्ष २०८३/८४ का लागि सेवा निरन्तर पाउन २०८३ साल भदौ मसान्तभित्र आवश्यक कागजातसहित गाउँपालिकाको स्वास्थ्य शाखामा उपस्थित भई नवीकरण गराउनुपर्नेछ। साथै, नयाँ लाभग्राही बन्न चाहने बिरामीहरूले पनि तोकिएका कागजात पेश गरी दर्ता गर्न सक्ने जनाइएको छ।

गाउँपालिकाले दर्ता भएका सबै लाभग्राहीले प्रत्येक तीन–तीन महिनामा सम्बन्धित अस्पतालमा गरिएको फलोअप उपचारका कागजात अनिवार्य रूपमा स्वास्थ्य शाखामा पेश गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ।

दर्ता तथा नवीकरणका लागि नागरिकता वा राष्ट्रिय परिचयपत्र, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र, चिकित्सकको सिफारिस, गरिबी परिचयपत्र (उपलब्ध भएमा), मेरुदण्ड पक्षघात भएका बिरामीका लागि अपाङ्गता परिचयपत्र, वडा कार्यालयको निवेदन तथा विपन्न वर्गको सिफारिस, बैंक खाताको चेकको प्रतिलिपि, स्वास्थ्य शाखाको निवेदन फाराम र एक प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने सूचनामा उल्लेख गरिएको छ।

गाउँपालिकाले सम्बन्धित सबै बिरामी तथा सरोकारवालालाई तोकिएको समयभित्र प्रक्रिया पूरा गरी सेवा सुविधा निरन्तरता सुनिश्चित गर्न अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.