२०८३ श्रावण ५, मंगलवार २३:४७
२०८३ श्रावण ५, मंगलवार २३:४७
हेटौंडा, साउन ५ गते । मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतमले सञ्चालन गरिरहेको पदयात्रा अभियानका बीच सामाजिक अभियन्ता तथा सेवा सहयोग र आवाजका अध्यक्ष विशालराज महतले शिवम् सिमेन्ट उद्योगबाट प्रभावित क्षेत्रका जनताको समस्या प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन्। महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा अनुसार जनप्रतिनिधिले पदयात्रामार्फत जनताको गुनासो सुन्ने अभियान सकारात्मक र स्वागतयोग्य भए पनि त्यसले वास्तविक जनसमस्याको समाधानतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्। उनले विशेष गरी हेटौँडा उपमहानगरपालिका–१६, १७ र १८ तथा गढी गाउँपालिकाका स्थानीयवासीले लामो समयदेखि शिवम् सिमेन्ट उद्योगका कारण धुलो प्रदूषण, स्वास्थ्यमा परेको असर, खानी तथा ओभरबर्डेन व्यवस्थापनबाट सिर्जित जोखिम र…