हेटौंडाको फारलाइनबाट ४८० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

हेटौंडा, साउन ५ गते । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ फारलाइन क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार हिजो साँझ करिब ७ः३० बजे फारलाइन क्षेत्रमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका दुई जनालाई नियन्त्रणमा लिई कानुन बमोजिम खानतलासी गरेको थियो।

खानतलासीका क्रममा हेटौंडा–१५ निवासी ३९ वर्षीय आईतमान थिङ र सोही स्थानका ३८ वर्षीय सूर्य बलको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४८० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट लागूऔषध सम्बन्धी कसुरमा म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.