राप्ती खोलाले बगाएका ७० वर्षीय बल बहादुर रुम्बा मृत फेला

हेटौंडा, भदौ १६ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित राप्ती खोलाले बगाएका एक वृद्ध मृत फेला परेका छन्।

मंगलबार बिहान करिब ७ः१० बजे राप्ती खोलाले एक व्यक्तिलाई बगाएर तलतर्फ लैजाँदै गरेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मनहरी गाउँपालिका–४ मसिने बस्ने करिब ७० वर्षीय बलबहादुर रुम्बाको शव बस्तिपुर पुलबाट करिब ५०० मिटर तल राप्ती खोलाको बीच भागमा काठ र ढुंगाको बीचमा अल्झिएको अवस्थामा बिहान ७ः४५ बजे फेला पारेको हो।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक उमाशंकर प्रसादको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब १० बजे घटनास्थल मुचुल्का कार्य सम्पन्न भएपछि रुम्बाको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.