‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

हेटौंडा, साउन ५ गते । मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतमले सञ्चालन गरिरहेको पदयात्रा अभियानका बीच सामाजिक अभियन्ता तथा सेवा सहयोग र आवाजका अध्यक्ष विशालराज महतले शिवम् सिमेन्ट उद्योगबाट प्रभावित क्षेत्रका जनताको समस्या प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन्।

महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा अनुसार जनप्रतिनिधिले पदयात्रामार्फत जनताको गुनासो सुन्ने अभियान सकारात्मक र स्वागतयोग्य भए पनि त्यसले वास्तविक जनसमस्याको समाधानतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।

उनले विशेष गरी हेटौँडा उपमहानगरपालिका–१६, १७ र १८ तथा गढी गाउँपालिकाका स्थानीयवासीले लामो समयदेखि शिवम् सिमेन्ट उद्योगका कारण धुलो प्रदूषण, स्वास्थ्यमा परेको असर, खानी तथा ओभरबर्डेन व्यवस्थापनबाट सिर्जित जोखिम र खोला–नाला प्रदूषणजस्ता समस्या भोग्दै आएको उल्लेख गरेका छन्।

महतले यी विषयलाई बेवास्ता गर्न नहुने उल्लेख गर्दै प्रभावित बस्तीमा पुगेर स्थानीय नागरिकको पीडा प्रत्यक्ष रूपमा सुन्न र त्यसलाई प्रतिनिधिसभामा सशक्त ढंगले उठाएर सरकारको ध्यानाकर्षण गराउन सांसद गौतमसँग आग्रह गरेका छन्।

उनले यसअघि शिवम् सिमेन्टसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा सांसद गौतमको उपस्थितिका लागि पार्टी कार्यालयमार्फत अनुरोधपत्र बुझाइएको भए पनि उहाँ उपस्थित नभएको उल्लेख गरेका छन्। उपस्थित हुन नसक्नुको कारण आफूहरूलाई जानकारी नभएको पनि उनले बताएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको धारणा अनुसार, यदि यस्ता गम्भीर जनसरोकारका विषयमा जनप्रतिनिधि मौन रहने हो भने पदयात्रा केवल प्रचारमुखी गतिविधि भएको जनधारणा बलियो बन्न सक्ने चेतावनी पनि महतले दिएका छन्।

उनले जनप्रतिनिधिको जिम्मेवारी जनताको गुनासो सुन्नुमा मात्र सीमित नरही संसद र सरकारसमक्ष प्रभावकारी रूपमा आवाज उठाई समस्या समाधानका लागि पहल गर्नु रहेको उल्लेख गरेका छन्। साथै अब नागरिकलाई आश्वासनभन्दा पनि व्यवहारिक परिणाम आवश्यक रहेको उनको भनाइ छ।

यद्यपि, यस विषयमा प्रतिनिधिसभा सदस्य प्रकाश गौतमको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.