हेटौंडा, भदौ १९ गते । रसुवा विपत्तिका कारण समस्यामा परेका नुवाकोटका पत्रकार किरण अधिकारीलाई नेपाल प्रेस युनियन मकवानपुरको पहलमा नगद ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

विपत्तिका कारण कठिन परिस्थितिमा रहेका पत्रकार अधिकारीलाई संकटको घडीमा साथ र सहयोग पुर्याउने उद्देश्यले विभिन्न सहयोगी हातहरूको सामूहिक प्रयासमा उक्त रकम संकलन गरी हस्तान्तरण गरिएको नेपाल प्रेस युनियन मकवानपुरले जनाएको छ।
सहयोग संकलन तथा हस्तान्तरणमा नेपाल प्रेस युनियन मकवानपुर र नेपाल पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष प्रदीप अधिकारी तथा हाल अमेरिकामा रहेका सुदिप शिवाकोटीको विशेष सक्रियता रहेको युनियनले जनाएको छ।
नेपाल प्रेस युनियन मकवानपुरले विपत्तिको समयमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गर्दै सञ्चारकर्मीहरूको सुख–दुःखमा सदैव साथमा रहने प्रतिबद्धता दोहोर्याएको छ।
युनियनले पत्रकार तथा सञ्चारकर्मीहरूलाई आइपर्ने अप्ठ्यारो परिस्थितिमा आपसी सहयोग, सहकार्य र मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै अघि बढ्ने जनाएको छ।














