Day: २०८३ भाद्र १९, शुक्रबार २३:५२

रसुवा–भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै मकवानपुरका राजनीतिक दलले पुष्प अर्पण गर्ने

रसुवा–भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै मकवानपुरका राजनीतिक दलले पुष्प अर्पण गर्ने

हेटौंडा, भदौ १९ गते । रसुवा–भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति मकवानपुरमा क्रियाशील राजनीतिक दलहरूले गहिरो दुःख व्यक्त गरेका छन्। मकवानपुरस्थित विभिन्न राजनीतिक दलहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको जीवनरक्षा, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्रभावकारी, समन्वयात्मक र तीव्र बनाउन राज्यका सम्पूर्ण संयन्त्र तथा राजनीतिक दलहरूबीच आवश्यक सहकार्य र एकताको आवश्यकता रहेको बताएका छन्। विपद्मा हराइरहेकाहरूको सकुशल उद्धार तथा खोजी, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न संयुक्त रूपमा पुष्प अर्पण कार्यक्रम आयोजना गर्न लागिएको विज्ञप्तिमा…
Read More
रसुवा विपत्तिबाट प्रभावित नुवाकोटका पत्रकार किरण अधिकारीलाई ५० हजार सहयोग

रसुवा विपत्तिबाट प्रभावित नुवाकोटका पत्रकार किरण अधिकारीलाई ५० हजार सहयोग

हेटौंडा, भदौ १९ गते । रसुवा विपत्तिका कारण समस्यामा परेका नुवाकोटका पत्रकार किरण अधिकारीलाई नेपाल प्रेस युनियन मकवानपुरको पहलमा नगद ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। विपत्तिका कारण कठिन परिस्थितिमा रहेका पत्रकार अधिकारीलाई संकटको घडीमा साथ र सहयोग पुर्याउने उद्देश्यले विभिन्न सहयोगी हातहरूको सामूहिक प्रयासमा उक्त रकम संकलन गरी हस्तान्तरण गरिएको नेपाल प्रेस युनियन मकवानपुरले जनाएको छ। सहयोग संकलन तथा हस्तान्तरणमा नेपाल प्रेस युनियन मकवानपुर र नेपाल पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष प्रदीप अधिकारी तथा हाल अमेरिकामा रहेका सुदिप शिवाकोटीको विशेष सक्रियता रहेको युनियनले जनाएको छ। नेपाल प्रेस युनियन मकवानपुरले विपत्तिको समयमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त…
Read More
नुवाकोटमा बाढीपहिरो प्रभावित सडक मर्मत तीव्र, विभिन्न स्थानमा तुइन निर्माण र पुनःस्थापनाको काम जारी

नुवाकोटमा बाढीपहिरो प्रभावित सडक मर्मत तीव्र, विभिन्न स्थानमा तुइन निर्माण र पुनःस्थापनाको काम जारी

नुवाकोट, भदौ १९ गते । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय, नुवाकोटले जिल्लाका विभिन्न सडक तथा आवागमनसँग सम्बन्धित पूर्वाधार मर्मत तथा निर्माण कार्यलाई तीव्रता दिएको छ। कार्यालयका अनुसार चौघडा पुल–बाहुनबेँसी–नर्जामाण्डप–लच्याङ–सरमथली–पर्च्याङ सडकखण्डमा ४ वटा जेसीबी र १ वटा टिपर प्रयोग गरी मर्मत कार्य भइरहेको छ। त्यसैगरी विदुर–चोगते–बोरेभञ्ज्याङ–लच्याङ–सरमथली–पर्च्याङ सडक, चोगते–उपल्लो गेर्खुटार–केराघारी सडक, चोगते–कुवापानी–बेत्रावती सडक तथा कल्याणी–मलागाउँ–निरञ्जना सडकमा समेत मर्मत कार्य जारी रहेको छ। यसैगरी हर्रे–कल्याणी सडक, बागखोर–झ्याङ्ली सडक र तादी पुल–मलागाउँ हुँदै बागखोरसम्मको सडक मर्मत कार्य पनि सञ्चालनमा रहेको कार्यालयले जनाएको छ। सडक मर्मतसँगै नदी तथा खोलाका कारण प्रभावित आवागमनलाई सहज बनाउन तुइन निर्माणको कामसमेत अघि बढाइएको छ।…
Read More
मनहरी खोलाले बगाएर बेपत्ता भएकी ६० वर्षीया कान्छीमाया चेपाङ मृत फेला

मनहरी खोलाले बगाएर बेपत्ता भएकी ६० वर्षीया कान्छीमाया चेपाङ मृत फेला

मनहरी, भदौ १९ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बोटबारीस्थित मनहरी खोलाले बगाएर बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कैलाश गाउँपालिका–७ डुम्बरे बस्ने करिब ६० वर्षीया कान्छीमाया चेपाङलाई हिजो साँझ करिब ७ः२० बजेको समयमा मनहरी खोला तर्ने क्रममा खोलाले बगाएको थियो। उनी राक्सिराङ गाउँपालिका–३ आउलेस्थित माइती घरबाट आफ्नो घरतर्फ जाने क्रममा खोला तर्दै गर्दा बगेकी थिइन्। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरीले राक्सिराङ गाउँपालिकाको नगर प्रहरीसँग समन्वय गरी तत्काल खोज तथा उद्धार कार्य अघि बढाएको थियो। खोजीका क्रममा भदौ १९ गते बिहान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.