न्वागी (छोनाम) पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा

हेटौँडा, भदौ १८ गते । चेपाङ समुदायले मनाउने महत्वपूर्ण सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ।

बागमती प्रदेश सरकार, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, हेटौँडाले विहिबार जारी गरेको सूचनाअनुसार २०८३ भदौ २२ गते सोमबार न्वागी (छोनाम) पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा रहनेछ।

बागमती प्रदेश राजपत्रको खण्ड ९, संख्या ०९, भाग ३, मिति २०८२ चैत २३ गते प्रकाशित सूचनाबमोजिम उक्त बिदा लागू हुने मन्त्रालयले जनाएको छ।

चेपाङ जातिले परम्परागत रूपमा मनाउँदै आएको न्वागी (छोनाम) पर्वको सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा घोषणा गरेको हो।

मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी जानकारी सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.