हेटौंडामा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित २१ वर्षीय युवक पक्राउ

हेटौंडा, भदौ १७ गते । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१६ पूर्वेली दमारबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मंगलबार बिहान करिब ९ः४५ बजे हेटौंडा–१६ पूर्वेली दमारका २१ वर्षीय रञ्जन भोम्जनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भोम्जनको घरमा कानुनबमोजिम खानतलासी गर्दा उनको कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ट्रामाडोल ४ हजार ८६० क्याप्सुल र नाइट्राजेपाम ३० ट्याब्लेट फेला परेको थियो।

त्यसैगरी प्रहरीले उनको प्रयोगमा रहेको बा ३१ प ७१९२ नम्बरको भीआर मोटरसाइकल, बा ८४ प ६०७० नम्बरको अपाचे मोटरसाइकल र एक थान चक्कुसमेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका भोम्जनलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमति लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसै क्रममा प्रहरीले Anti-Coff १ हजार ४० ट्याब्लेट समेत बरामद गरेको जनाएको छ। उक्त औषधिको सम्बन्धमा औषधि व्यवस्था विभागको वीरगञ्ज कार्यालय, पर्सासँग समन्वय गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.