२०८२ मंसिर २, मंगलवार ००:५५
२०८२ मंसिर २, मंगलवार ००:५५
मकवानपुरगढी–५, मंसिर २ गते । धादिङमा अवस्थित श्री शारदा माध्यमिक विद्यालयले आफ्नाे स्थापना भएको ५० औँ स्वर्ण महोत्सव “आधा शताब्दीको समग्र ज्ञान, उज्ज्वल भविष्यको शारदाको अभियान” भन्ने मूल नाराका साथ हिजोबाट औपचारिक रूपमा सुरु गरेको छ। विद्यालयले स्वर्ण महोत्सवको अवसरमा सप्ताहव्यापी गरी कुल ५८ वटा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। मुख्य अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरे। राष्ट्रिय गान तथा सहिद परिवारप्रति एक मिनेट मौन धारणपछि कार्यक्रम अघि बढाइएको थियो। मुख्यमन्त्री बानियाको मुख्य भनाइ : उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले शिक्षालाई जीवन परिवर्तनकाे प्रकाश भन्दै प्राविधिक तथा व्यवहारिक शिक्षा अनिवार्य बन्नुपर्नेमा जोड…