हेटौंडा–४ मा हुने चित्रकला तथा विज्ञान प्रदर्शनी प्रतियोगिताको मिति र समय परिवर्तन

नगर विकास रोड,जेठ ६ गते। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले आयोजना गर्न लागेको चित्रकला प्रतियोगिता तथा विज्ञान सामग्री प्रदर्शनी कार्यक्रमको मिति र समय परिवर्तन गरिएको छ। वडा नम्बर ४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा सञ्चालन हुने उक्त कार्यक्रम विशेष कारणवश पूर्वनिर्धारित तालिकाबाट परिवर्तन गरिएको वडा कार्यालयले जनाएको छ।

यसअघि २०८३ जेठ १४ गते सञ्चालन हुने भनिएको कार्यक्रम अब २०८३ जेठ १३ गते आयोजना हुने भएको हो। वडा कार्यालयद्वारा विद्यालयहरूलाई पठाइएको सूचनाअनुसार चित्रकला प्रतियोगिता बिहान ७ बजेबाट सुरु हुनेछ भने विज्ञान सामग्री प्रदर्शनी बिहान १० बजे सञ्चालन गरिनेछ। दुवै कार्यक्रम हेटौंडास्थित रोयल पार्टी प्यालेसमा आयोजना हुने जनाइएको छ।

विज्ञान सामग्री प्रदर्शनीमा सहभागी विद्यालयहरूले आफ्ना स्टलमार्फत विभिन्न सामग्री प्रदर्शन गर्नेछन्। साथै नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता तथा कार्यक्रमसँग सम्बन्धित शिक्षकहरूलाई आयोजकको तर्फबाट दिवा खाजाको व्यवस्था गरिने वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष नवीन सिग्देलद्वारा जारी सूचनामा विद्यालयहरूलाई संशोधित तालिकाअनुसार सहभागिता सुनिश्चित गर्न अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा–४ मा हुने चित्रकला तथा विज्ञान प्रदर्शनी प्रतियोगिताको मिति र समय परिवर्तन

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडा–४ मा हुने चित्रकला तथा विज्ञान प्रदर्शनी प्रतियोगिताको मिति र समय परिवर्तन

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडा–४ मा हुने चित्रकला तथा विज्ञान प्रदर्शनी प्रतियोगिताको मिति र समय परिवर्तन

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडा–४ मा हुने चित्रकला तथा विज्ञान प्रदर्शनी प्रतियोगिताको मिति र समय परिवर्तन

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

हेटौंडा–४ मा हुने चित्रकला तथा विज्ञान प्रदर्शनी प्रतियोगिताको मिति र समय परिवर्तन

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हेटौंडा–४ मा हुने चित्रकला तथा विज्ञान प्रदर्शनी प्रतियोगिताको मिति र समय परिवर्तन

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.