Day: २०८३ जेष्ठ ६, बुधबार २३:४२

भैरवरोडमा वर्षायाममा ‘खोला’ बग्ने समस्या समाधान गर्न अध्ययन शुरू

भैरवरोडमा वर्षायाममा ‘खोला’ बग्ने समस्या समाधान गर्न अध्ययन शुरू

भैरवरोड,जेठ ६ गते। नवीन सिग्देल र सुशील घिमिरेको पहलमा हेटौँडा–४ स्थित भैरवरोड क्षेत्रमा वर्षायाममा हुने डुबान तथा सडकमा पानी बग्ने समस्याको समाधान प्रक्रिया अघि बढाइएको छ। बुधबार उपमहानगरपालिकाका प्राविधिकसहितको टोलीले भैरवरोड क्षेत्रमा स्थलगत अध्ययन गर्दै पानी जम्ने, ढल अवरुद्ध हुने तथा वर्षाका बेला सडक नै खोलाजस्तै बग्ने समस्याको निरीक्षण गरेको हो। केही दिनअघि वडा नं. ४ का अध्यक्ष सिग्देलले मिना कुमारी लामासँग समस्या समाधानका विषयमा छलफल गरेपछि प्राविधिक टोली परिचालन गरिएको जनाइएको छ। अध्ययन टोलीमा उपमहानगरपालिकाका योजना प्रमुख ई. सुवोध थापा, वातावरण इन्जिनियर चन्दा खड्का, जनप्रतिनिधि, प्राविधिक कर्मचारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। टोलीले क्षेत्रका ढल संरचना, पानी निकासको…
Read More
भिमफेदीमा तीव्र गतिका कारण ईभी दुर्घटना, चालकसहित ६ जना घाइते

भिमफेदीमा तीव्र गतिका कारण ईभी दुर्घटना, चालकसहित ६ जना घाइते

जुरिखेत,जेठ ६ गते। मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेत मोडस्थित भिमफेदी–कुलेखानी सडकखण्डमा बुधबार साँझ ईभी गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज १३७१ नम्बरको ईभी गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडक किनारको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुलाई उपचारका लागि काठमाडौंको कलंकीस्थित नेशनल अस्पताल पठाइएको छ। दुर्घटनापछि गाडीमा क्षति पुगेको भए पनि सडक सञ्चालनमा कुनै अवरोध नआएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Read More
हेटौंडा–४ मा हुने चित्रकला तथा विज्ञान प्रदर्शनी प्रतियोगिताको मिति र समय परिवर्तन

हेटौंडा–४ मा हुने चित्रकला तथा विज्ञान प्रदर्शनी प्रतियोगिताको मिति र समय परिवर्तन

नगर विकास रोड,जेठ ६ गते। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले आयोजना गर्न लागेको चित्रकला प्रतियोगिता तथा विज्ञान सामग्री प्रदर्शनी कार्यक्रमको मिति र समय परिवर्तन गरिएको छ। वडा नम्बर ४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा सञ्चालन हुने उक्त कार्यक्रम विशेष कारणवश पूर्वनिर्धारित तालिकाबाट परिवर्तन गरिएको वडा कार्यालयले जनाएको छ। यसअघि २०८३ जेठ १४ गते सञ्चालन हुने भनिएको कार्यक्रम अब २०८३ जेठ १३ गते आयोजना हुने भएको हो। वडा कार्यालयद्वारा विद्यालयहरूलाई पठाइएको सूचनाअनुसार चित्रकला प्रतियोगिता बिहान ७ बजेबाट सुरु हुनेछ भने विज्ञान सामग्री प्रदर्शनी बिहान १० बजे सञ्चालन गरिनेछ। दुवै कार्यक्रम हेटौंडास्थित रोयल पार्टी प्यालेसमा आयोजना हुने जनाइएको…
Read More
हेटौंडामा १६ वर्षीय किशोरमाथि समूहगत कुटपिट, टाउकोमा चोट लागेपछि अस्पताल भर्ना

हेटौंडामा १६ वर्षीय किशोरमाथि समूहगत कुटपिट, टाउकोमा चोट लागेपछि अस्पताल भर्ना

हेटौँडा,जेठ ६ गते। हेटौंडामा १६ वर्षीय एक किशोरमाथि अज्ञात व्यक्तिहरूको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। कुटपिटबाट घाइते भएका किशोर अभिषेक दासको टाउकोमा चोट लागेको अवस्थामा स्थानीयहरूले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएका हुन्। घाइते दास हेटौंडा–११, थानाभर्‍याङ निवासी रहेको खुलेको छ। घाइते दासका अनुसार उनी मोबाइल हेरेर बसिरहेको अवस्थामा अचानक केही व्यक्तिहरूको समूहले आफूमाथि आक्रमण गरेको थियो। उनले आफूलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरिएको दाबी गरेका छन्। घटना लगत्तै स्थानीय बासिन्दाले घाइते किशोरलाई अस्पताल पुर्‍याएका थिए। साथै घटनाबारे स्थानीय प्रहरी चौकीमा जानकारी गराइएको र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा घटनाको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.