जुरिखेत,जेठ ६ गते। मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेत मोडस्थित भिमफेदी–कुलेखानी सडकखण्डमा बुधबार साँझ ईभी गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज १३७१ नम्बरको ईभी गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडक किनारको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुलाई उपचारका लागि काठमाडौंको कलंकीस्थित नेशनल अस्पताल पठाइएको छ।
दुर्घटनापछि गाडीमा क्षति पुगेको भए पनि सडक सञ्चालनमा कुनै अवरोध नआएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 38














