हेटौंडामा १६ वर्षीय किशोरमाथि समूहगत कुटपिट, टाउकोमा चोट लागेपछि अस्पताल भर्ना

हेटौँडा,जेठ ६ गते। हेटौंडामा १६ वर्षीय एक किशोरमाथि अज्ञात व्यक्तिहरूको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। कुटपिटबाट घाइते भएका किशोर अभिषेक दासको टाउकोमा चोट लागेको अवस्थामा स्थानीयहरूले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएका हुन्।

घाइते दास हेटौंडा–११, थानाभर्‍याङ निवासी रहेको खुलेको छ। घाइते दासका अनुसार उनी मोबाइल हेरेर बसिरहेको अवस्थामा अचानक केही व्यक्तिहरूको समूहले आफूमाथि आक्रमण गरेको थियो। उनले आफूलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरिएको दाबी गरेका छन्।

घटना लगत्तै स्थानीय बासिन्दाले घाइते किशोरलाई अस्पताल पुर्‍याएका थिए। साथै घटनाबारे स्थानीय प्रहरी चौकीमा जानकारी गराइएको र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा १६ वर्षीय किशोरमाथि समूहगत कुटपिट, टाउकोमा चोट लागेपछि अस्पताल भर्ना

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडामा १६ वर्षीय किशोरमाथि समूहगत कुटपिट, टाउकोमा चोट लागेपछि अस्पताल भर्ना

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडामा १६ वर्षीय किशोरमाथि समूहगत कुटपिट, टाउकोमा चोट लागेपछि अस्पताल भर्ना

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडामा १६ वर्षीय किशोरमाथि समूहगत कुटपिट, टाउकोमा चोट लागेपछि अस्पताल भर्ना

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

हेटौंडामा १६ वर्षीय किशोरमाथि समूहगत कुटपिट, टाउकोमा चोट लागेपछि अस्पताल भर्ना

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हेटौंडामा १६ वर्षीय किशोरमाथि समूहगत कुटपिट, टाउकोमा चोट लागेपछि अस्पताल भर्ना

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.