संस्कृत वेद विद्यालयमा स्वच्छ पानीका लागि वाटर प्युरिफायर स्थापना

हेटौडा, असार १४ गते। टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत संस्कृत वेद विद्यालयमा वाटर प्युरिफायर स्थापना तथा हस्तान्तरण गरेको छ । हेटौंडा–१० स्थित गोरक्षेश्वर मन्दिर परिसरमा सञ्चालित विद्यालयमा आयोजित कार्यक्रममा उक्त प्युरिफायर विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको हो ।

समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष फुर्बा लामा प्रमुख अतिथि तथा वडा नं. ११ का वडा अध्यक्ष जुना दाहाल विशेष अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले टोल विकास संस्था समुदायको समग्र विकास, सामाजिक रूपान्तरण तथा नागरिक सहभागिता अभिवृद्धिको महत्वपूर्ण माध्यम भएको उल्लेख गरेका छन् । उनले विगत २६ वर्षदेखि संस्थाले वातावरण संरक्षण, सरसफाइ, महिला सशक्तीकरण, सामाजिक चेतना अभिवृद्धि तथा सामुदायिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताए । विद्यालयमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्नु पनि सामाजिक उत्तरदायित्व अन्तर्गतको महत्वपूर्ण अभियान भएको उनले उल्लेख गरेका छन् ।

प्रमुख अतिथि फुर्बा लामाले टोल विकास संस्थाहरू स्थानीय सरकारका प्रभावकारी साझेदार भएको उल्लेख गर्दै समुदायस्तरमा सकारात्मक परिवर्तन, सामाजिक सद्भाव र जनसहभागिता अभिवृद्धिमा यस्ता संस्थाको भूमिका प्रशंसनीय रहेको बताए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनमुखी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।

त्यसैगरी हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका प्रमुख डा. भीमप्रसाद तिमल्सिनाले टोल विकास संस्था नागरिक र स्थानीय सरकारबीचको महत्वपूर्ण सेतु भएको उल्लेख गर्दै महिला सशक्तीकरण, युवा नेतृत्व विकास, वातावरण संरक्षण तथा सामाजिक जागरणका क्षेत्रमा संस्थाले खेलेको भूमिका उदाहरणीय रहेको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समितिका सल्लाहकार रामकृष्ण थापा, सल्लाहकार गणेश कुमार श्रेष्ठ, विद्यालयका सल्लाहकार इन्द्र नेपाल लगायतको आतिथ्यता रहेको थियो ।

विद्यालयमा जडान गरिएको वाटर प्युरिफायरबाट विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारले स्वच्छ र सुरक्षित खानेपानी उपभोग गर्न सक्ने विश्वास गरिएको छ ।

कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका पदाधिकारी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.