हेटौंडामा विद्यालय बन्दप्रति वडाध्यक्ष सिग्देलको असन्तुष्टि : “विद्यालय नखुल्दा स्थानीय तहले अनुगमन र कारवाही गर्नुपर्छ”

हेटौडा,जेठ ३ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले विद्यालय तथा शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी, अभिभावक र समाजले थप समस्या भोग्नुपरेको बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै उनले विद्यालय नखुल्ने र पठनपाठन प्रभावित हुने अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

सिग्देलले स्थानीय तहले विद्यालय सञ्चालनको विषयमा प्रभावकारी अनुगमन गर्नुपर्ने र विद्यालय नखुल्दा आवश्यक कारवाहीको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्। उनले शिक्षक पढाउन तयार रहेको, अभिभावक विद्यार्थीलाई विद्यालय पठाउन इच्छुक रहेको तथा विद्यार्थी पनि अध्ययन गर्न तयार रहेको उल्लेख गर्दै यस्तो अवस्थामा विद्यालय बन्द हुनु दुःखद भएको बताएका छन्।

उनले स्वास्थ्य तथा शैक्षिक संस्था बन्द हुँदा नागरिकले प्रत्यक्ष असर भोगिरहेको उल्लेख गर्दै सेवा प्रवाह र शैक्षिक गतिविधि नियमित हुनुपर्नेमा जोड दिएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको आफ्नो धारणा मार्फत सिग्देलले “विद्यालय खुल्दा, शिक्षकले पढाउँदा र विद्यार्थीले पढ्दा कसले कारवाही गर्छ, अब त्यो हेर्न बाँकी छ” भन्दै वर्तमान परिस्थितिप्रति व्यंग्यात्मक टिप्पणीसमेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा विद्यालय बन्दप्रति वडाध्यक्ष सिग्देलको असन्तुष्टि : “विद्यालय नखुल्दा स्थानीय तहले अनुगमन र कारवाही गर्नुपर्छ”

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौंडामा विद्यालय बन्दप्रति वडाध्यक्ष सिग्देलको असन्तुष्टि : “विद्यालय नखुल्दा स्थानीय तहले अनुगमन र कारवाही गर्नुपर्छ”

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौंडामा विद्यालय बन्दप्रति वडाध्यक्ष सिग्देलको असन्तुष्टि : “विद्यालय नखुल्दा स्थानीय तहले अनुगमन र कारवाही गर्नुपर्छ”

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडामा विद्यालय बन्दप्रति वडाध्यक्ष सिग्देलको असन्तुष्टि : “विद्यालय नखुल्दा स्थानीय तहले अनुगमन र कारवाही गर्नुपर्छ”

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडामा विद्यालय बन्दप्रति वडाध्यक्ष सिग्देलको असन्तुष्टि : “विद्यालय नखुल्दा स्थानीय तहले अनुगमन र कारवाही गर्नुपर्छ”

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडामा विद्यालय बन्दप्रति वडाध्यक्ष सिग्देलको असन्तुष्टि : “विद्यालय नखुल्दा स्थानीय तहले अनुगमन र कारवाही गर्नुपर्छ”

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.